IME Life New

शाखा विस्तारमा आक्रामक बन्दै ज्योति विकास बैंक, नयाँ शाखा झापाको विर्तामोडमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ज्योति विकास बैंक लिमिटेडले झापाको विर्तामोडमा नयाँ शाखा संचालनमा ल्याएको छ। उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी तथा बैंकका संचालक धुव्र कोईरालाले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

राष्ट्र बैंकका डेपुटी गर्भनर शिवाकोटीले यस स्थानमा खुलेको यस विकास बैंकले सरल र सुलभ बैकिङ्ग सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताउँदै बैंकको प्रगतिको कामना गरेका छन् ।

Esewa
Crest

बैंकले विपन्न परिवारका लागि लघु कर्जादेखि ठुला औद्मोगिक कर्जा दिन सक्षम रहेको र सम्पूर्ण शाखा कार्यालयहरु मार्फत आधुनिक बैकिङ्ग सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताएका छन्। साथै यस बैकलै आफ्नो टोखा र पोखरा शाखा कार्यालयबाट समेत नयाँ एटीएम सेवा सुरुवात गरेको छ ।

हाल बैंकले ६० वटा शाखा कार्यालय तथा २० वटा एटीएम मार्फत सेवा बैंकिंग सेवा उपलव्ध गराउँदै आईरहेको छ। यसै आर्थिक वर्ष भित्र थप ३० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको बैंकले जनाएको छ। हालसम्म बैंकले १९ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब १० करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्ता पूँजी २ अर्ब ५९ करोड रुपैयाँ कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS