IME Life New

शाखा कार्यालय निर्देशिकाः जारी भएकाे तीन महिना बितिसक्दा पनि कार्यान्वयनमा आएन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई शाखा कार्यालयहरुमा निश्चित याेग्यता सहितकाे कार्यालय प्रमुख नियुक्त गर्नका लागी निर्देशन दिएकाे तीन महिना बितिसक्दा पनि बीमा कम्पनीले कार्यान्वयन गरेका छैन । प्राधिकरणले निर्देशिका मार्फत्  प्रदेश कार्यालयमा कम्तीमा व्यवस्थापकीय तह र शाखा कार्यालयमा अधिकृत तहकाे कर्मचारी कार्यालय प्रमुख नियुक्त गर्न निर्देशन दिए पनि बीमकले कार्यान्वयनमा चासाे लिएका छैनन् ।

प्राधिकरणले २०७९ फागुन १६ गते जारी गरेकाे बीमककाे शाखा कार्यालय सम्बन्धी निर्देशिका २०७९ मा बीमा कम्पनीकाे शाखा कार्यालयकाे प्रमुख पदको जिम्मेवारी प्राप्त कर्मचारी कम्तीमा अधिकृत तहकाे हुनुपर्ने प्रावधान छ। प्रादेशिक कार्यालय प्रमुख पदमा व्यवस्थापकीय तहकाे कर्मचारी हुनुपर्ने प्रावधान छ । प्रदेश कार्यालयमा सात जना र शाखा कार्यालयमा पाँच जना जनशक्ति नियुक्त गर्नुपर्ने प्रावधान समेत निर्देशिकामा छ।

Esewa
Crest
प्राधिकरणकाे निर्देशिका पालनाका लागी जनशक्ति संख्या पुर्याउनका लागी मात्र बीमकले कर्मचारी समायाेजनकाे काम आ‌ंशिकरूपमा शुरू गरेका छन् । काराेबार शुन्य भएका वा सञ्चालन खर्च धान्ने गरी समेत व्यापार गर्न नसकेका शाखा वा उपशाखा कार्यालयलाई जीवन निर्जीवन दुबै खाले व्यवसाय गर्ने बीमकले धमाधम बन्द गर्न थालेका छन् ।

अहिलेकाे आर्थिक मन्दीले पनि शाखा सञ्जालहरु खुम्च्याउन स्वाभाविक दबाब दिएको छ,निर्जीवन बीमा कम्पनीकाे एकजना प्रादेशिक प्रमुखले प्रतिकृया दिंदै भने, प्राधिकरणकाे निर्देशिका पनि सँगसँगै जसाे आएकाे छ।

पछिल्लाे समय बीमककाे मर्जरले पनि स‌ंख्यात्मकरूपमा भएपनि बीमकहरूलाई शाखा उपशाखामा निर्देशिकाले निर्धारण गरे बमाेजिम जनशक्तिकाे न्यूनत्तम स‌ंख्या पुर्याउन भने सहज भएकाे छ। तर पदीय हिसाबमा बीमकले अधिकृत तहकाे कर्मचारी नियुक्ति गरेर जनशक्तिमा खर्च बढाउन हिच्किचाई रहेका छन् । अधिकृत तह वा साे भन्दा माथिकाे तहका कर्मचारी खर्चकाे हिसाबले महँगा हुने भएकाले व्यवस्थापनले सकेसम्म सहायक स्तरकाे कर्मचारीबाट नै कार्य सञ्चालन गर्ने नीति लिएकाे हुन्छ। निर्देशिकामा व्यवस्था भए बमाेजिम जनशक्ति नियुक्ति गर्दा दीर्घकालीन रुपमा दायीत्व थपिने भन्दै बीमकले निर्देशिका संशाेधनका लागी प्राधिकरणकाे नेतृत्वसँग निरन्तर आग्रह जारी राखेका छन् ।

देश दाैडाहाकाे क्रममा बीमा कम्पनीकाे शाखा कार्यालयमा न्यून जनशक्ति र कमजाेर पूर्वाधार देखेर विरक्तिएका प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले न्यूनत्तम जनशक्ति र पूर्वाधारकाे प्रावधान निर्धारणमा चासाे देखाएका हुन् । उनकाे तीताे अनुभवका आधारमा जनशक्तिकाे स‌ंख्या र पद सम्बन्धि व्यवस्था निर्देशिकामार्फत् ल्याइएकाले प्राधिकरणले निर्देशिकामा तत्काल संशाेधन गर्ने संभावना न्यून छ।

अध्यक्ष सिलवालले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई सार्वजनिक रूपमै भनेका छन्, खर्च धान्न नसक्ने भए कार्यालय बन्द गर्नुहाेस्, तर खाेलि सकेपछि कम्तीमा न्यूनत्तम पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्नैपर्छ ।

बीमा कम्पनीले प्राधिकरणमा मासिकरुपमा प्रगती विवरण पेश गर्दा जनशक्ति सम्बन्धी विवरण समेत पेश गर्दै आएका छन् । तर मासिकरूपमा अध्यावधिक तथ्या‌ंक प्राप्त गरिरहेकाे नियामक बीमा प्राधिकरणले आफै‌ंले जारी गरेकाे निर्देशिका कार्यान्वयन भए नभएकाे बारे चासाे भने राखेकाे छैन ।

निर्देशिकाकाे निर्देशन ३ मा प्रत्येक बीमकले अनिवार्यरुपमा प्रादेशिक कार्यालय सञ्चालन गर्नुपर्ने र प्रादेशिक प्रमुख नियुक्त गर्नुपर्ने प्रावधान छ। तर अधिकांश बीमकले सातवटै प्रदेशहरूमा प्रादेशिक प्रमुख नै नियुक्त गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

17%
amazed

अचम्मित

0%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS