IME Life New

व्यवसायिक र व्यक्तिगत खाताको लागि ई-सेवाले ल्यायो एउटै एप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हालै गुगल प्ले स्टोरमा १ करोड भन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट बनेको ई-सेवाले यस वर्ष आफ्ना मर्चेन्टहरुको लागि विशेष सेवा ल्याएको छ। जसले नेपालको डिजिटल वालेटको क्षेत्रमा नयाँ आयामको सिर्जना गरेको कम्पनीले जनाएको छ।

कम्पनीकाअनुसार मर्चेन्टहरुले आफ्नो व्यवसायिक खाता आफ्नो व्यक्तिगत खातामा लिंक गर्न सक्नेछन् । पहिले नेपालका व्यवसायिहरूले व्यापार व्यवसायको लागि एउटा मोबाइल एप तथा व्यक्तिगत प्रयोजनको लागि अर्को गरेर छुट्टा छुट्टै खाता प्रयोग गनुपर्ने अवस्था थियो ।

Esewa
Crest

मर्चेन्ट लिंक सेवा आएसँगै अब नेपालमै पहिलो पटक व्यवसायिक खाता र व्यक्तिगत खाताको लागि प्रयोग गर्न सकिने एउटै एप बनेको छ, ई- सेवा । यसबाट प्रयोगकर्तारमर्चेन्टहरुले सजिलै भुक्तानी तथा कारोबारको सरल रुपमा एपबाट निगरानी राख्न सक्नेछन्। भुक्तानीको सूचना ई- सेवाएपको नोटिफिकेसन मार्फत पाउन सक्नेछन् भने आफ्नो खातामा लिकं गरिएको मर्चेन्ट खाताको फोनपे क्युआर मार्फत व्यवसायमा हुने भुक्तानी पनि एपबाटै लिन सक्नेछन्।

त्यसका साथै मर्चेन्ट खातामा लिकं गरिएको सेटलमेन्ट बैकं खाताबाट सरल रुपमा पैसा निकाल्न पनि सकिनेछ। यी सम्पूर्ण विशेषताहरूको प्रयोग अब सरल रुपमा एउटै एपबाट प्रयोग गर्न सकिने छ। यस सुविधाले व्यवसायीहरूलाई समयको बचतसँगै वित्तीय व्यवस्थापनमा थप सहजता प्रदान गर्ने कम्पनीका चिफ बिजनेस अफिसर आशिष गौतमले बताएका छन् ।

यो मर्चेन्ट लिकंको बारेमा बोल्दै इ-सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले सबै मर्चेन्टहरुलाई अहिलेसम्मको साथ सहयोगको लागि धन्यवाद दिँदै आगामी दिनहरुमा पनि यस्तै विभिन्न सेवाहरू भित्र्याउने कुरामा विश्वस्त पारे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS