IME Life New

व्यापारीले बीमा क्षतिपूर्तीकाे आम्दानी लुकाउँदा रु २८ कराेडभन्दा बढी राजश्व छली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । उद्याेग व्यवसायले दुर्घटना वा कुनै कारणबाट प्राप्त भएकाे बीमा दाबीवापतकाे क्षतिपूर्ती रकम आम्दानीमा नेदखाएर राजश्व छली भएकाे भन्दै महालेखा परिक्षककाे कार्यालयले आन्तरिक राजश्व विभागकाे ध्यानाकर्षण गराएकाे छ।

महालेखा परिक्षककाे कार्यालयले जारी गरेकाे ६० औं वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार विभिन्न कर दाताले बीमा कम्पनीबाट बीमा दाबीवापत क्षतिपूर्ती प्राप्त गरेकाे पुरै रकम सम्बन्धित आर्थिक वर्षमा आयमा नदेखाएकाे वा अत्यन्त न्यून रकम मात्र देखाएका छन् । महालेखा परिक्षककाे कार्यालयका अनुसार मध्यमस्तरिय करदाता कार्यालय आन्तरिक राजश्व कार्यालय पाेखरा, बाग्लुङ, वीरगंज,विराटनगर, भक्तपुर समेत २२ वटा कार्यालय अन्तर्गतका १५९ वटा करदाताले बीमा दाबीवापत बीमा कम्पनीबाट क्षतिपूर्तीवापत प्राप्त रकम आय लेखांकन गरेका छैनन् । महालेखाले लेखा‌ंकन छुट हुन गएकाे कर २८ कराेड ७२ लाख ११ हजार रूपैयाँ र शुल्क एवम् ब्याज समेत असुल उपर गर्न आन्तरिक राजश्व विभागकाे ध्यानाकर्षण गराएकाे छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS