IME Life New

व्यापारिकभन्दा व्यक्तिगत प्रयोजनतर्फको गाडी कर्जाको माग बढी, बैंकहरुबाट सवा १ खर्ब प्रवाह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकहरुमा गाडी कर्जाको माग बढ्न नसकेको देखिएको छ। बैंकहरुबाट व्यक्तिगत प्रयोजनका लागि गाडी कर्जाको माग बढेको छ भने व्यापारिक प्रयोजनका लागि घटेको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ४ महिना कात्तिकसम्म बैंकहरुबाट थप २ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ गाडी कर्जा प्रवाह भएको छ। जुन गत असार मसान्तसम्मको तुलनामा २.१ प्रतिशतले बढी हो।

Esewa
Crest

बैंकहरुबाट चालु आर्थिक वर्षको कात्तिकसम्म बैंकहरुबाट १ खर्ब २६ अर्ब ७१ करोड ८० लाख रुपैयाँ गाडी कर्जा प्रवाह भएको छ। जुन अघिल्लो वर्षको कात्तिकसम्मको तुलनामा भने १.६२ प्रतिशतले कम हो। अघिल्लो वर्ष कात्तिकसम्म बैंकहरुबाट १ खर्ब २८ अर्ब ८० करोड ४८ लाख रुपैयाँ गाडी कर्जा गएको थियो।

यो वर्ष कात्तिकसम्म व्यापारिक प्रयोजनका लागि बैंकहरुले ८५ अर्ब ८६ करोड २ लाख रुपैयाँ गाडी कर्जा प्रवाह गरेका छन् भने व्यक्तिगत प्रयोजनका लागि ४० अर्ब ८५ करोड ७८ लाख रुपैयाँ गाडी कर्जा दिएका छन्। अघिल्लो वर्ष कात्तिकसम्म गाडी कर्जा शीर्षकमा व्यापारिक प्रयोजनका लागि ९३ अर्ब २३ करोड ५६ लाख रुपैयाँ र व्यक्तिगत प्रयोजनका लागि ३५ अर्ब ५६ करोड ९२ लाख रुपैयाँ बैंकहरुले दिएका थिए।

अघिल्लो वर्षको तुलनामा बैंकहरुबाट व्यापारिक प्रयोजनका लागि गएको गाडी कर्जा ७.९१ प्रतिशतले घट्दा व्यक्तिगत प्रयोजनका लागि गएको कर्जा १४.८७ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS