IME Life New

वैशाखभित्र नआउने भयो मौद्रिक नीतिको समीक्षा, यस्तो छ कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा वैशाख महिनापछि मात्रै सार्वजनिक गरिने भएको छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ मा संशोधन गर्दै त्रैमासिक समीक्षा सार्वजनिक गर्ने अवधि बढाएसँगै वैशाखभित्रै तेस्रो त्रैमासिक समीक्षा ल्याउनुपर्ने बाध्यता हटेको हो। यसअघि मौद्रिक नीतिको त्रैमासिक र अर्धवार्षिक समीक्षा त्रैमास सकिएको १ महिनाभित्र ल्याउनुपर्ने नीतिगत व्यवस्था थियो। तर, त्यसलाई संशोधन गरेर राष्ट्र बैंकले त्रैमास सकिएको ४५ दिनभित्र त्रैमासिक तथा अर्धवार्षिक समीक्षा ल्याउनुपर्ने व्यवस्था गरेको हो।

Esewa
Crest

अब यो संशोधनसँगै चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा जेठ १५ गतेभित्र राष्ट्र बैंकले सार्वजनिक गर्नुपर्नेछ।

अहिले चालु आर्थिक वर्षको ९ महिना चैतसम्मको आर्थिक स्थितिसम्बन्धी डाटा तयार गर्ने काम भइरहेको राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलले बताए। ‘भोलि शुक्रबार वा आइतबारसम्म ९ महिनाको डाटा आउन सक्छ’, उनले भने, ‘त्यसपछि त्यही डाटाका आधारमा र बजारको मागका आधारमा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा तयार गर्ने काम हुन्छ।’

पोखरेलका अनुसार ९ महिना डाटा आउनै बाँकी रहेकोले वैशाखभित्रै मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा आउने सम्भावना कम रहेको बताए। ‘केही समयअघि मात्रै सञ्चालक समितिको बैठकले मौद्रिक समीक्षा ल्याउने समयावधि बढाएको हो’, उनले भने, ‘अब ४५ दिनभित्र मौद्रिक समीक्षा ल्याउन पाउने व्यवस्था गरिएको छ।’

गत माघ २८ गते गभर्नरको अध्यक्षतामा बसेको राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठकले कार्यविधिमा संशोधन गर्दै मौद्रिक समीक्षा ल्याउने समयावधि बढाएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS