IME Life New

वैदेशिक लगानी भित्र्याउने सरकारी प्रयास फितलो, झनै घट्यो लगानीको प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि सरकारले नीतिगत सुधारको प्रयास जारी राखेपनि लगानीको प्रतिबद्धता यस वर्ष पनि खासै उत्साहप्रद हुन सकेको छैन ।

उद्योग विभागका अनुसार चालू आवको असोज मसान्तसम्मको लगानीको प्रतिबद्धत गत आवको तुलनामा घटेको छ। गत आव २०८०।८१ को असोज मसान्तसम्म १६ अर्ब ६० करोडको लगानी प्रतिबद्धता प्राप्त भएकोमा चालू आवको सो अवधिमा १६ अर्ब ४४ लाख रूपैयाँमा सीमित हुन पुगेको छ।

Esewa
Crest

विभागका अनुसार गत असोजमा स्वचालित प्रणालीबाट २१ उद्योगमार्फत १५ करोड १० लाख रुपैयाँ लगानीको प्रतिबद्धता प्राप्त भएको छ । यसैगरी लगानीकर्ताको प्रतिनिधिको भौतिक उपस्थितिका माध्यमबाट हुने म्यानुअल प्रणालीबाट ३४ वटा उद्योगमार्फत ३ अर्ब ३० करोड ५३ लाख रूपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ। गत आर्थिक वर्षमा कुल ६१ अर्ब ९० करोड ४५ लाख रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो ।

राजनीतिक अस्थिरता र सार्वभौम रेटिङको अभावमा पछिल्ला वर्षहरूमा जलविद्युत उत्पादन र पर्यटन सेवा क्षेत्र बाहेक अन्य क्षेत्रमा नेपालले उल्लेख्य वैदेशिक लगानी आकर्षित गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS