IME Life New

वैदेशिक भ्रमणमा बाहिरियो १ वर्षमै रु. १.८९ खर्ब, विदेशीबाट कति भयो आम्दानी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय विदेश भ्रमणमा नेपालीले रुचि बढाउँदै लगेका छन्। यही कारणले ठूलो धनराशि बाहिरिने गरेको छ।

नेपाल राष्ट्र बैंकको गत आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदनले यस्तो देखाएको छ। प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा मात्र नेपालीले विदेश भ्रमणमा १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ खर्च गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा ३१.१ प्रतिशतले बढी हो । जसमा शिक्षातर्फ १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष भ्रमण व्यय १ खर्ब ४४ अर्ब ५२ करोड रुपैयाँ थियो।

Esewa
Crest

समीक्षा अवधिमा नेपालले भ्रमण आयतर्फ ८२ अर्ब ३३ करोड रुपैयाँ आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ३२.१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यस्तो आय ७९ अर्ब ८९ करोड रुपैयाँ रहेको थियो । यो विदेशी पर्यटकले गरेको खर्च हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS