IME Life New

विमान दुर्घटनाले घट्यो हवाई बीमाबापतको आम्दानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको आकाशमा घरेलु गन्तव्यमा उडान भर्ने वायु सेवा कम्पनीको केही जहाज दुर्घटनामा पर्दा निर्जीवन बीमकको हवाई बीमाबापतको आम्दानी खुम्चिएको छ। पछिल्लो एक वर्षको अवधिमा ११.८७ प्रतिशतले हवाई बीमाबापतको बीमाशुल्क आम्दानी खुम्चिएको हो।

नेपाल बीमा प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०८१।८२ को कात्तिक मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्ष २०८२।८३ को सोही अवधिमा निर्जीवन बीमकको कुल बीमाशुल्क आम्दानीमा हवाई बीमाको योगदान १.०१ प्रतिशत विन्दुले घटेर ३.६१ प्रतिशतमा झरेको छ।
गत आर्थिक वर्षको पहिलो ४ महिनामा हवाई बीमाबाट निर्जीवन बीमकले कुल ६६ करोड ४० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए। चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा बीमकले हवाई बीमाबाट कुल ५८ करोड ५२ लाख ५३ हजार आम्दानी गरेका छन्।

Esewa
Crest

नेपाली आकाशमा गत वर्ष दुईवटा विमान दुर्घटनामा परेका थिए। गत वर्ष सन् २०२४ को ७ अगष्टमा एयर डाइनास्टीको हेलिकप्टर नुवाकोटको सूर्यचौरमा दुर्घटना पर्दा पाइलट र चिनियाँ पर्यटकसहित ५ जनाले ज्यान गुमाए।

त्यसअघि २४ जुलाईमा सौर्य एयरलाइन्सको Bombardier CRJ-२०० विमान, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना पर्दा चालक दलका सदस्यसहित १८ जनाको ज्यान गएको थियो। पाइलट मनीष शाक्यको मात्र जीवितै उद्धार गरिएको थियो। जहाजको परीक्षणका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लैजाने क्रममा उडान भरेलगत्तै नियन्त्रण गुमाउँदा धावनमार्ग छेउमै बजारिएर आगलागी भएको थियो।

यो विमान दुर्घटनामा एयरलाइन्स, नागरिक उड्ययन प्राधिकरणको गम्भीर लापरबाही पाइएको थियो। एयरलाइन्सको गम्भीर लापरबाहीका कारण मृतकका आफन्तजनले अझैसम्म पनि क्षतिपूर्ति पाएका छैनन्।

गत वर्ष नेपाली वायु सेवा कम्पनीमा हेलिकप्टर थपिए पनि ठूला जहाज नथपिँदा हवाई बीमा घटेको हो। यसबाहेक गत वर्ष २५ भदौमा बुद्ध एयरले आफ्नो एटीआर ४२ (नाइन एन एआइएन) जहाजको उडान बन्द गरेपछि यसको असर पनि हवाई बीमामा देखापरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS