IME Life New

विमानस्थल क्षेत्रमा संलग्न सबैको बीमा कभरेज अनिवार्यः हंशराज पाण्डे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नागरिक उड्ययन प्राधिकरणका नायब महानिर्देशक हंशराज पाण्डेले विमानस्थल क्षेत्रका संलग्न हरेक सरोकारवालाको बीमा कभरेज अनिवार्य रहेको बताएका छन्।

काठमाडौंमा आजबाट सुरु भएको हवाई बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रुपमा रहेका प्राधिकरणका नायब महानिर्देशक पाण्डेले नेपालको नागरिक उड्डयन क्षेत्रको इतिहासबारे अवगत गराउँदै वर्तमान अवस्थामा हवाई सुरक्षाका लागि बीमा कभरेज अनिवार्य रहेको बताएका हुन्। इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (आईआईएन)को आयोजनामा भएको सम्मेलनमा पाण्डेले विमानस्थल सञ्चालक हवाई र स्थलगतअन्तर्गत बीमा पोलिसी कभरेज अनिवार्य रहेको बताए। ‘यदि बीमा पोलिसी छैन भने विमानस्थल पार्किङ गर्दा होस् वा यात्रु आवत–जावत गर्दा हुने सम्भावित दुर्घटनाको कसले क्षतिपूर्ति तिर्छ भन्ने विषयमा पनि विमानस्थल सञ्चालक गम्भीर छ’, उनले भने, ‘त्यसैले विमानस्थल सञ्चालनमा सहभागी सबै सरोकारवालाले बीमा कभरेज गरेका हुन्छन्।’

Esewa
Crest

बीमा कभरका लागि विमानस्थल सञ्चालकले सबै एजेन्सीलाई प्रोत्साहन गरिरहेको पाण्डेले बताए। ‘आफ्नो सम्पत्ति र कर्मचारीको हितमा बीमा गर्न विमानस्थल सञ्चालकले हवाई सञ्चालकहरुलाई भनिरहेको हुन्छ, यी सबै कुरा उनीहरुको सञ्चालनभित्र पर्छ’, उनले भने, ‘विमानस्थल एउटा सञ्चालकमात्र होइन त्यहाँभित्र ग्राउन्ड ह्यान्डलिङ हुन्छ। ग्राउन्ड ह्यान्डलिङको बीमा कभरेज हुन्छ। त्यहाँभित्र सञ्चालन हुने गाडी, मेसिनरी सामान, सम्पत्ति र कार्यरत कर्मचारी सबैको बीमा गरिएको हुन्छ।’

पाण्डेले विमानस्थल क्षेत्रले थुप्रै एजेन्सीसँग मिलेर काम गरिरहेको स्पष्ट पारे। ‘विमानस्थल एउटा भौतिक पूर्वाधारमात्रै नभएर थुप्रै एजेन्सी मिलेर काम गरिरहेका हुन्छन्’, उनले भने, ‘विमानस्थल सञ्चालक सबै एजेन्सीको संयोजकमात्र हो। विमानस्थल सञ्चालकले सबै एजेन्सी सुरक्षाको प्रत्याभूति गरेको हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS