IME Life New

विभिन्न कार्यक्रम गरी ज्योति विकास बैंकले मनायो १६औं वार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १६औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाएको छ । विसं २०६५ साल साउन ९ गते स्थापना भएको बैंक साउन ९ गते गौरवमय १६ वर्षको सफल यात्रा पुरा गरि १७औं वर्षमा प्रवेश गरेको हो। प्रधान कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहको सभापतित्व कम्पनीका अध्यक्ष हरि चन्द्र खड्काले गरेका थिए ।

उक्त समारोहमा सञ्चालक समितिका सदस्यहरु, भूतपूर्व सञ्चालकहरु, कर्मचारीवर्ग र ग्राहकहरूको उपस्थिति थियो। बैंकले वार्षिकोत्सवको अवसर पारेर परिमार्जित, परिष्कृत तथा प्रयोगकर्तामैत्री नयाँ आधिकारिक वेबसाइटको पनि औपचारिक शुभारम्भ गरेको छ।

Esewa
Crest

उक्त वेबसाइट प्रकाशन पश्चात् कम्पनीले प्रदान गरिरहेको सेवा(सुविधाहरूको जानकारीमा सहज पहुँच, अनलाइनबाटै कर्जा आवेदन दिने व्यवस्था, भिडियो बैंकिङमार्फत् अनलाइनबाटै खाता खोल्ने, क्यूआर कोडलगायतका विभिन्न बैंकिङ सेवाहरूको लागि अनलाइन निवेदन दिने सुविधा सम्बन्धित सबैलाई उपलब्ध हुने सो अवसरमा जानकारी दिइएको थियो ।

वार्षिकोत्सवको अवसरमा प्रधान कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो जसमा कर्मचारी, ग्राहक र अन्य सर्वसाधारण गरि जम्मा ५० जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा कम्पनीमा अविछिन्न योगदान, अटुट विश्वास, र तिलस्मी सेवाको कदर स्वरूप विगत १० वर्ष तथा १५ वर्षदेखि अनवरत रूपमा कार्यरत रही योगदान दिएका २७ जना कर्मचारीहरूलाई सम्मानित गरिएको थियो।

कार्यक्रममा अध्यक्ष खड्काले मन्तव्य प्रस्तुत गर्दै १६ वर्षको गौरवपूर्ण यात्रालाई सफल र फराकिलो बनाउन योगदान दिने समस्त ग्राहकवर्ग, शेयरधनीहरू, नियामक निकायलाई धन्यवाद दिएका थिए ।

त्यसैगरी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले बैंक स्थापनाको परिकल्पना गर्ने संस्थापक सञ्चालकहरू, पूर्व अध्यक्षहरु, कर्मचारी, शेयरधनी र ग्राहक वर्गहरुलाई आभार व्यक्त गरेका थिए ।

सोही अवसरमा कम्पनीले विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको सम्झौता तथा उद्घोषण समेत गरेको छ। अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको भन्दै कम्पनीले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको बताएको छ।

कम्पनीले काठमाडौं उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS