IME Life New

विपन्न वर्गको घरदैलोमा बीमाको लाभ बिस्तार गर्न सकृय बन्दै स्थानीय सरकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनता प्रति जिम्मेवार बन्दै देशैभरका स्थानीयपालिकाहरूले बीमाको लाभ विपन्न वर्गको घरदैलोसम्म पुर्‍याउनका लागि सकृयता देखाएका छन् । स्थानीयपालिकाहरूले निःशुल्क घर बीमा, दुर्घटना बीमा, म्यादी जीवन बीमा, स्वास्थ्य बीमा लगायतका कार्यक्रमहरू लागू गरेका छन् ।

पालिकाहरूले निःशुल्क बीमा गरिदिंदा विशेषगरी विपन्न तथा अति विपन्न वर्गले बीमाको सुरक्षा छाताभित्र अटाउने अवसर पाएका छन् । कर्णालीमा गत वर्ष कातिक महिनामा गएको भूकम्पबाट ज्यान गुमाएका परिवारले घर बीमा अन्तर्गत प्रत्येक मृतकको परिवारले बीमावापतको २ लाख ५० हजार रूपैयाँ क्षतिपूर्ती वापत प्राप्त गरे ।

Esewa
Crest

प्राधिकरणले निर्वाचित जनप्रतिनिधिहरूलाइ बीमाका लागि प्रेरित गर्दा कर्णाली प्रदेश सरकारले दुर्घटना बीमा गर्नेदेखि लिएर मधेश प्रदेशमा स्थानीय पालिकाले अति विपन्न वर्गका लागि जीवन बीमा गरिदिएको छ। तनहुँको भानु नगरपालिकाले ४ सय २८ जनाको निःशुल्क स्वास्थ्य बीमा गरेको छ।

कर्णालीको जुम्ला जिल्ला अन्तर्गत सिञ्जा गाउँपालिका-२ ले वडाभित्रका चार सय घरधुरीको घर बीमा गरेको छ । गण्डकी प्रदेशको गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गरेको छ। यसका लागि १० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ।

यसैगरी मधेश प्रदेशको बर्दिबास नगरपालिकाले ३ वडामा बसाेबास गर्ने अति विपन्न मुसहर समुदायका कुल ३ सय ५३ जनाको सामूहिक म्यादी जीवन बीमा गरिदिएको छ। नगरपालिकाका अनुसार गत चैत्र महिनामा वडा नम्बर १४ को मुसहर बस्तीबाट शुरू गरिएको सामूहिक जीवन बीमा योजनालाइ वडा नम्बर १० र १२ वडाका मुसहर समुदायको जीवन बीमा गरिदिएको हो । बीमा अवधिभित्र कुनै कारणले बीमितको निधन भएको अवस्थामा मृतकको परिवारजनले १ लाख रूपैयाँ क्षतिपूर्ती प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS