IME Life New

विद्युतबाट चल्ने कार र माेटरसाइकल बाहेक सबैखाले सवारीकाे आयात घट्याे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । सवारी साधन आयात हुने मुख्य नाकाहरुमध्येकाे वीरग‌ंज नाकाबाट चालू आर्थिक वर्षकाे चैत्र मसान्तसम्ममा विद्युतीय कार,माेटर साइकल र सामान्य साइकल ट्राइसाइकल वर्गका सवारी बाहेक सबैखाले सवारी साधनकाे आयात उल्लेख्यरुपमा गिरावट आएकाे छ।

चालू आवकाे तेश्राे त्रैमासकाे अन्त्यसम्ममा गत आवकाे साेही अवधिकाे तुलनामा विद्युतीय कार जीपकाे आयात १११ प्रतिशतले वृद्धि भएकाे छ।गत आवकाे साे अवधिमा ४१ कराेड २९ लाख रुपैयाँ मूल्य बराबरकाे आयात भएकाेमा चालू आवमा ८७ कराेड ३९ लाख रुपैयाँ मूल्य बराबरकाे विद्युतीय कार आयात भएकाे छ।विद्युतीय कारकाे आयात समीक्षा अवधिमा १०९ थानबाट वृद्धि भएर २३१ थान पुगेकाे छ।

Esewa
Crest

यसैगरी विद्युतीय माेटरसाइकलकाे आयात ४३ प्रतिशतले बढेकाे छ ।  विद्युतीय माेटरसाइकल ५१५ थान आयात भएकाेमा चालू आवकाे चैत्रसम्ममा ७४० थान भित्रिएकाे छ।

वीरग‌ंज भन्सार कार्यालयका अनुसार पेट्राेलियम इन्धनबाट चल्ने जीप,कार भ्यान र माेटरसाइकलकाे आयात ८२ प्रतिशतले घटेकाे छ। यसैगरी नेपालमै पार्टपूर्जा जडान गरेर माेटरसाइकल उत्पादनका लागी गरिएकाे अनएसेम्बल्ड माेटरसाइकलकाे आयात समेत ७‍.५८ प्रतिशतले खुम्चिएकाे छ।

गत आवकाे चैत्र मसान्तसम्ममा याे नाकाबाट ४९१४ थान जीप कार भ्यान भित्रिएकाेमा यस पटक चैत्र मसान्तसम्ममा जम्मा ८३६ थान आयात भएकाे छ। यसैगरी  डबल क्याबिन भएकाे जीप पाेहाेर ८०३ थान आयात भएकाेमा साेही अवधिमा यसपटक जम्मा ४३७ थान आयात भएकाे छ।

तयारी माेटरसाइकल ४१२०२ थान आयात भएकाेमा ह्वात्तै घटेर ७११९ थान मात्र आयात भएकाे छ। माेटरसाइकलकाे पार्टपूर्जा जडान गरेर स्वदेशमै माेटरसाइकल उत्पादन गर्दा कर छुटकाे लाभ प्राप्त हुने भएकाले पछिल्लाे समयमा बजाज, हिराे र टिभिएस ब्राण्डकाे माेटरसाइकल व्यापारीले नेपालमै जडान गर्न थालेका छन् ।

नेपाल राष्ट्र बै‌ंकले व्यापार घाटा नियन्त्रणका लागी सवारी साधनकाे आयातमा राेक लगाएका कारण वीरग‌ंज भन्सार नाका लगायत मुख्य नाकाहरूबाट सवारी साधनहरूकाे आयात यसवर्ष आधाभन्दा बढीले खुम्चिएकाे छ। अहिले सवारी साधनकाे आयात खुकुलाे गरिए पनि आर्थिक मन्दीका कारण ‍औद्याेगिक उत्पादन लगायतका गतिविधि खुम्चिएकाले सवारी साधनकाे आयात यस वर्ष खासै सुधार नहुने बिक्रेताहरुकाे भनाई छ।

सार्वजनिक यातायात सेवाका लागी प्रयाेग हुने बस र मालसामान ढुवानीका लागी प्रयाेग हुने ट्रककाे आयातमा पनि गिरावट आएकाे छ। बसकाे आयात ३० प्रतिशतले र ट्रक मिनि ट्रककाे आयात ८१ प्रतिशतले घटेकाे छ।

सवारी साधनकाे आयात गत आर्थिक वर्षकाे तुलनामा थाेरै भएकाले निर्जीवन बीमा कम्पनीहरुकाे व्यवसायकाे ३० प्रतिशत हिस्सा ओगटेकाे सवारी साधन बीमाकाे याेगदान यसवर्ष खुम्चिने भएकाे छ। चालू आर्थिक वर्षकाे बाँकी तीन महिनामा पनि सवारी साधनकाे आयातमा उल्लेखनीय सुधार हुने स‌ंभावना नभएकाले निर्जीवन बीमा व्यवसायका लागी पनि सकस हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS