IME Life New

विदेशी लगानी रहेका एभरेष्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई दाँजेर हेर्दा !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्ष २०८१।८२को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा दुई बैंकबीच इन्स्योरेन्स खबरले प्रमुख वित्तीय सूचकलाई आधार मानेर गरेको तुलनात्मक अध्ययनःचुक्तापुँजीः एभरेष्टको चुक्तापुँजी १२ अर्ब ९४ करोड रुपैयाँ रहेको छ भने स्ट्यान्डर्ड चार्टर्डको चुक्तापुँजी १० अर्ब ४ करोड रुपैयाँ रहेको छ।

जगेडा कोषः एभरेष्टको जगेडा कोषमा १३ अर्ब ३२ करोड रुपैयाँ रहेको छ भने स्ट्यान्डर्ड चार्टर्डको जगेडा कोषमा ९ अर्ब २० करोड रुपैयाँ रहेको छ।

Esewa
Crest

रिटेन्ड अर्निङः एभरेष्टको रिटेन्ड अर्निङमा २ अर्ब ७१ करोड रुपैयाँ रहेको छ भने स्ट्यान्डर्ड चार्टर्डको रिटेन्ड अर्निङमा १ अर्ब १३ करोड रुपैयाँ रहेको छ।

निक्षेप र कर्जाः एभरेष्टले २ खर्ब ५० अर्ब निक्षेप संकलन गरी २ खर्ब ८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ भने स्ट्यान्डर्ड चार्टर्डले १ खर्ब २२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

खुद ब्याज आम्दानीः एभरेष्टले ४ अर्ब ३१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा स्ट्यान्डर्ड चार्टर्डले २ अर्ब १७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

सञ्चालन नाफाः एभरेष्टले ३ अर्ब १० करोड रुपैयाँ सञ्चालन नाफा गरेकोमा स्ट्यान्डर्ड चार्टर्डले २ अर्ब ३४ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ।

खुद मुनाफाः एभरेष्टले २ अर्ब ७ करोड रुपैयाँ खुद नाफा गरेकोमा स्ट्यान्डर्ड चार्टर्डले १ अर्ब ६४ करोड खुद रुपैयाँ नाफा गरेको छ।

किताबी मूल्यः एभरेष्टको किताबी मूल्य २२५.७९ रुपैयाँ छ भने स्ट्यान्डर्ड चार्टर्डको किताबी मूल्य २०२.९७ रुपैयाँ छ।

वार्षिक प्रतिशेयर आम्दानी: वित्तीय विवरणको आधारमा एभरेष्टको वार्षिक प्रतिशेयर आम्दानी ३२.०६ रुपैयाँ छ भने स्ट्यान्डर्ड चार्टर्डको वार्षिक प्रतिशेयर आम्दानी ३२.६७ रुपैयाँ छ।

खराब कर्जाः एभरेष्टको खराब कर्जा ०.६६ प्रतिशत हुँदा स्ट्यान्डर्ड चार्टर्डको खराब कर्जा १.७१ प्रतिशत छ।

(नोट: उपलब्ध तथ्यांकका आधारमा गरिएको विश्लेषण पूर्ण होइन। थप अनुसन्धान गरेर निर्णय लिनु होला। माथिको समाचार शेयर कारोबार प्रयोजनका लागि होइन।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS