IME Life New

विदेशी लगानी प्रतिबद्धता बढ्यो दोब्बरले, यसकारण ठूलाभन्दा साना उद्योगमा आकर्षण बढी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली उद्योगमा विदेशी लगानी प्रतिबद्धता दोब्बरले बढेको छ।

उद्योग विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मंसिर महिनासम्मको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार साउनदेखि मंसिरसम्म १९९ परियोजनामार्फत कुल २४ अर्ब ३५ करोड ७२ करोड ३७ हजार रुपैयाँ प्रतिबद्धता आएको छ। जुन गत आर्थिक वर्षको यही अवधिको तुलनामा लगानी प्रतिबद्धतामा दोब्बरले बढेको छ। गत आर्थिक वर्ष यही अवधिमा १११ परियोजनामार्फत १२ अर्ब ४४ करोड ९२ लाख ८८ हजार ७०४ रुपैयाँको विदेशी लगानी प्रतिबद्धता आएको थियो।

Esewa
Crest

त्यसो त विदेशी लगानी प्रतिबद्धता सबैभन्दा धेरै साना उद्योगमा आएको छ। सरकारले विदेशी लगानीको सीमा ५ करोड रुपैयाँबाट घटाएर २ करोड रुपैयाँ कायम गरेको छ। यही कारणले साना उद्योगमा विदेशी लगानी प्रतिबद्धता बढी आएको विभागले जनाएको छ।

तथ्यांकअनुसार मंसिरसम्म १८९ साना उद्योगमा १४ अर्ब १६ करोड ९५ लाख १५ हजार रुपैयाँ र ३ ठूला उद्योगमा ३ अर्ब ६६ करोड ५२ लाख ३३ हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ। मझौला ७ उद्योगमा २ अर्ब ७७ करोड ५८ लाख ३० हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

विभागमा ५ महिनामा विदेशी लगानी प्रतिबद्धता २० अर्ब ६१ करोड ५७ लाख रुपैयाँ र सेयर पर्चेज एग्रिमेन्ट (एसपीए) तथा सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए)मा २ अर्ब ७४ करोड ६६ लाख ५९ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। सबैभन्दा धेरै विदेशी लगानी पर्यटनमा ९५ र सेवा क्षेत्रमा ७४ मा आएको छ। उत्पादनमूलक क्षेत्रमा १९, पूर्वाधारमा ४ र सूचना तथा प्रविधिमा ५ वटामा विदेशी लगानी प्रतिबद्धता आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS