IME Life New

विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्रै पठाउन साइबर ब्युरोले आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । नेपाल प्रहरीको साइबर ब्युरोले विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्रै पठाउन आग्रह गरेको छ।

साइबर ब्युरोले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। पछिल्लो समयमा भएको प्रविधिको विकाससँगै अपराधीहरुले विभिनन सामाजिक सञ्जालहरुको दुरुपयोग गरी, विभिनन प्रलोभनमा पारी, साइबरजन्य ठगी गर्ने गरेको पाइएको भन्दै साइबर ब्युरोले त्यस्ता झुठा आश्वासनमा नपरी ठगिनबाट जोगिन पनि सचेत गराएको छ।

Esewa
Crest

विदेशमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा परी अवैध तबरले नेपालमा रकम पठाउने व्यक्तिसँग सम्पर्क गरी नेपालमा रहेका आफन्तलाई रकम पठाउने गरेको पाइएको ब्युरोले जनाएको छ। त्यस्ता व्यक्तिले विभिन्न अनलाइन सम्बद्ध ठगीको माध्यमबाट प्राप्त गैरकानुनी रकम निजले भनेको व्यक्तिको नेपालस्थित बैंक खातामा जम्मा गरिदिने गरेको तथ्य ब्युरोको अनुसन्धानबाट खुल्न आएको विज्ञप्तिमा उल्लेख छ।

त्यसैले विदेशमा दुःख गरी कमाएको रकम फ्रड, स्क्याम मनीमा रुपान्तरण भई कानुनी कारबाहीको भागिदार हुनुपर्ने अवस्था सिर्जना हुने चेतावनी ब्युरोले दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS