IME Life New

विदेशबाट महंगोमा आयातित पशुको बीमा गर्न समस्या, बाख्राको मूल्य ४ लाख तर बीमा एक लाखको!

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। जगतपुर एग्रोका योगेन्द्र खड्काले विदेशबाट चार पाँच लाखमा बाख्रा ल्याए ।  उनि सँग अहिले ४ देखि ५ लाख रुपैयाँको ७ सय भन्दा धेरै बयर जातका बाख्रा छन् । खड्काले लाखौ रुपैयाँ पर्ने बाख्राको बीमा गर्न खोज्दा बीमा कम्पनीले भने जम्मा एक लाख ३० हजार रुपैयाँको जोखिम बहन गर्ने गरि बीमा गर्न प्रस्ताव गर्दै आएको छ।  जवकी बाख्राको वास्तविक मूल्य चार लाख भन्दा धेरै पर्छ ।

नेपाल सरकारले हरेक वर्ष कृषि तथा पशुपन्छी व्यवसायलाई प्रवर्द्धन गर्ने भन्दै नीति तथा कार्यक्रम बनाउने गरेको छ, तर जोखिम न्युनिकरका लागि बीमा गर्छु भन्दा नपाउने अवस्थाले व्यवसायिक कृषि गर्ने कृषक मर्कामा पर्ने गरेको खड्का बताउछन् । खड्काको फार्ममा अहिले ५० वटा भन्दा धेरै होलिष्टाइन जातका गाइ छन् । जसको लागत तथा बजार मूल्य ५ लाख भन्दा माथि पर्न जान्छ । तर बीमा गर्दा एक लाख ५० हजारको भन्दा धेरै हुँदैन ।

Esewa
Crest

खड्कासँग भएका गाईले दैनिक ७० लिटरसम्म दुध दिन्छन् । सरकारले १०/१५ लिटर दुध दिने गाइलाई हेरर बीमा पोलिसी बनाउदा बढि मूल्य पर्ने गाईको बीमा गर्न समस्या भएको खड्का बताउछन् । उनले भने ‘एक लाख ५० हजार रुपैयाँको बीमा गर्दा नोक्सान पुर्ती नै हुँदैन । नोक्सान पुर्ती नहुने भए पछि बीमा गर्नुको के औचित्य रह्यो र ?’ स्थानीय स्तरमा जात जातिमा विदेशबाट हाइब्रिड जातका पशु ल्याएर हरेक वर्ष प्रजनन गराउने हो भने नेपालमै ति जानका गाई तथा बाख्रा उपलब्ध हुने खड्का बताउछन् । यदि नेपालमै प्रजनन गर्दै लैजाने हो भने राज्यलाई पनि भार कम पर्न जान्छ । यसका लागि कुनै व्यवसायीले काम गर्दैछ भने उसलाई प्रोत्साहन दिनु पर्नेमा निरास बनाउने काम भैरहेको उनले दुखेसो पोखे ।

बीमा समितिले जारी गरेको बाख्रा बीमा पोलिसीमा बीमाङ्क र बीमाशुल्क निर्धारण गर्दा स्थानीय पशु सेवा शाखाले तोके बमोजिम मूल्यमा हुनेछ भनिएको छ । मूल्य नतोकिएको अवस्थामा भने बीमित, बीमक र प्राविधिकको सहमति अनुसार हुनेछ भनिएको छ । तर तोकिएको मुल्य हालको स्थानीय बजार मूल्य भन्दा बढी हुने छैन। आयातित बाख्राको बीमाङ्क निर्धारण गर्दा अनिवार्य रुपमा सम्पुर्ण काजगपत्र ‘बिजक, हवाई टिकट’, राजस्व तिरेको कागज, क्वारेन्टाइन प्रमाणपत्र पेश गर्नु पर्नेछ ।

आयातित जातको बाख्राका क्रस व्रिडिङबाट जन्मेको पाठापाठीको बीमा गर्दा अणुवंशिकिय गुणको आधारमा बीमाङ्क कायम हुने बाख्रा बीमा पोलिसीमा उल्लेख छ । यसको लागि पशु सेवा वा भेटेनरी अस्पताल वा पशु सेवा विज्ञबाट प्रमाणित गराइ अनिवार्य रुपमा पेश गर्नु पर्नेछ ।

कानुनले बीमाङक रकम तोक्न बीमा कम्पनीलाई छुट दिए पनि समितिको पशु बीमामा कतिपयले फ्रड गरेको भेटाए पछि सिलिङ तोकिदिएको छ । बदमास गर्नेलाई समितिले गरेको कदमले केहि निन्त्रण भए पनि वास्तविक किसान भने मारमा पर्ने गरेका छन् । बीमा समितिका अनुसार कतिपय पशुको बीमा वास्तविक मूल्य भन्दा धेरैको बीमाङ्क रकम राख्ने र मरेका खण्डमा फाइदा लिन खोज्ने प्रबृत्ती भटिएको छ ।

बीमा समितिका अनुसार विदेशबाट आयात गर्ने पशुको यथार्थ विल भरपाइ पेश गरेर यथार्थ मूल्याङ्कन हुने हो भने खासै समस्या छैन। तर समितिले समस्या छैन भने पनि बीमा कम्पनीहरु ठुलो मूल्यको बीमा गर्न मानिरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS