IME Life New

वित्तीय साक्षरताका प्रशिक्षकको सूचीकरण गर्दै राष्ट्र बैंक, तर खुल्दैन आवेदनको लिंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरताका लागि देशव्यापीरूपमा प्रशिक्षण सञ्चालन गर्न वित्तीय सारक्षता प्रशिक्षकको सूचीकरण गर्ने भएको छ। केन्द्रिय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सार्वजनिक सूचना प्रकाशन गर्दै प्रशिक्षकका रूपमा सूचीकृत हुन आह्वान समेत गरेको छ।

महाशाखाका अनुसार स्नातक तह उतीर्ण भई वित्तीय क्षेत्रसँग सम्बन्धित संस्थामा १५ वर्ष अनुभवका साथै वित्तीय साक्षरताका सम्बन्धमा अनुभव भएका व्यक्तिहरूबाट सूचीकरणका लागि आवेदन माग गरिएको छ।

Esewa
Crest

सूचीकरणका लागि छनौटमा पर्ने प्रशिक्षकलाई राष्ट्र बैंकद्वारा ६ दिने प्रशिक्षक प्रशिक्षण तालिममा सहभागि गराइनेछ। इच्छुक योग्य व्यक्तिले पुस ८ गतेसम्म अनलाइन  आवेदन दर्ता गर्न महाशाखाले अनुरोध गरेको छ। नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक, वित्तीय संस्था वा वित्तीय मध्यस्थकर्तामा पूर्णकालीन सेवारत व्यक्ति प्रशिक्षकका लागि योग्य हुने छैनन् ।

राष्ट्र बैंकको वेबसाइटमा अनलाइन आवेदनका लागि गुगल डकको लिंक राखिए पनि लिंक थिचिंदैन र लिंकलाई कपि पेष्ट गर्दा समेत यसले अनलाइन आवेदनको पेज देखाउँदैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS