IME Life New

वित्तीय विवरण निर्देशिका: जीवन बीमककाे प्राेभिजनिङ घट्ने, नाफा बढ्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीका लागी भुक्तानी हुन बाँकी दाबी सम्बन्धी व्यवस्थामा नयाँ प्रावधान लागू गर्ने तयारी गरेकाे छ । हाल मस्याैदाकाे रूपमा सार्वजनिक गरिएकाे बीमककाे वित्तीय विवरण सम्बन्धी निर्देशिकामार्फत् दाबी सम्बन्धी दायीत्व व्यस्थापनमा प्राधिकरणले नयाँ प्रावधान लागू गर्ने तयारी गरेकाे हाे ।

निर्देशिकाकाे निर्देशन नम्बर ३०(१) मा बीमकको असमाप्त जोखिम (अनएक्सपायर्ड रिक्स रिजर्भ) वापतको रकम बीमा ऐनको दफा ३९ बमोजिमको अनिवार्य जगेडा कोषमा समावेश भई सकेको भए सो वापतको रकम दाबी भुक्तानी कोषमा देखाउनु पर्ने छैन भन्ने प्रावधान  समावेश गरिएकाे छ । याे प्रावधानले निर्जीवन बीमकलाई अनिवार्य जगेडा काेषका अतिरिक्त दाबी भुक्तानी काेषमा समेत बीमा दायीत्ववापत थप व्यवस्था गर्नुपर्ने बाध्यता हटाउने छ।

Esewa
Crest
बीमककाे वित्तीय प्रतिवेदन सम्बन्धी निर्देशिकाकाे मस्याैदा

यसैगरी निर्देशन नम्बर ३० मा जीवन बीमा व्यवसाय गर्ने बीमक तथा लघु जीवन बीमा व्यवसाय गर्ने बीमकले बीमाङ्कीय दायीत्व निर्धारण गर्दा घटना घटिसकेको तर बीमकलाई जानकारी नगराएको (इन्कर्ड बट नट रिपोर्टेड) वा पर्याप्त जानकारी नगराएको बीमा दाबीको दायीत्व (इन्कर्ड बट नट इनफ रिपोर्टेड) वापतको रकम समावेश गरी सो समेतका लागि जीवन बीमाकोष खडा गरेको भए सो वापतको रकम दाबी भुक्तानी कोषमा देखाउनु पर्ने छैन । याे प्रावधानमा बीमा‌ंकी मूल्यांकन भइसकेकाे अवधिसम्मकाे बीमा दाबी दायीत्व वापतकाे रकमका लागी थप व्यवस्था(प्राेभिजनिङ) गर्नु नपर्ने भएकाे छ।

नयाँ निर्देशिकाका लागी प्रस्तावित व्यवस्था हुबहु कार्यान्वयनमा आएमा बीमा कम्पनीकाे बीमा काेष र मुनाफा दुबैमा सकारात्मक प्रभाव पार्नेछ । यसअघि दाेहाेराे व्यवस्था गर्नुपर्दा बीमककाे नाफामा दबाब पर्ने गरेकाे थियाे । नयाँ प्रावधान बीमितले प्राप्त गर्ने बाेनश दर र लगानीकर्ताले पाउने लाभा‌ंशमा सकारात्मक प्रभाव पर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS