IME Life New

विकास बैंकमा झुम्मिन थाले लगानीकर्ता, कुन-कुन छन् सस्ता ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता शेयर लगानीकर्ताहरु सेक्टर परिवर्तन गर्दै विकास बैंक समूहमा झुम्मिएका छन्। केही समय वित्त समूहमा आकर्षित भएका लगानीकर्ताहरु यो साता विकास बैंक समूहमा सरेका छन्।

साताको अन्तिम कारोबार दिन बिहीबार विकास बैंक समूहमा सर्वाधिक चमक देखियो। यो दिन विकास बैंक समूह सर्वाधिक ३.४३ प्रतिशत बढ्यो भने १६ वटै विकास बैंकहरुको शेयरभाउ उकालो लागेको छ।

Esewa
Crest

बिहीबार तथ्यांकअनुसार नेप्सेमा सूचीकृत सबै विकास बैंकको शेयरभाउ ३०० रुपैयाँभन्दा माथि रहेको छ। सबैभन्दा कम ज्योति विकास बैंकको ३१२ रुपैयाँ रहेको छ भने सबैभन्दा बढी कर्पोरेट डेभलपमेन्ट बैंकको ६०५ रुपैयाँ रहेको छ।

यस्तो छ विकास बैंकहरुको शेयरभाउ

  • कर्पोरेटः ६०५ रुपैयाँ
  • नारायणीः ५८२ रुपैयाँ
  • मितेरीः ५६२ रुपैयाँ
  • ग्रीनः ५०३ रुपैयाँ
  • कर्णालीः ४९६ रुपैयाँ
  • सिन्धुः ४५१.५० रुपैयाँ
  • एक्सेलः ४३९ रुपैयाँ
  • सप्तकोशीः ४१९ रुपैयाँ
  • कामना सेवाः ४०७ रुपैयाँ
  • शाइन रेसुंगाः ४०४ रुपैयाँ
  • लुम्बिनीः ४०३ रुपैयाँ
  • गरिमाः ३७६.७० रुपैयाँ
  • मुक्तिनाथः ३६० रुपैयाँ
  • सांग्रिलाः ३५० रुपैयाँ
  • महालक्ष्मीः ३५० रुपैयाँ
  • ज्योतिः ३१२ रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

17%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS