IME Life New

वार्षिकोत्सवको अवसरमा माछापुच्छ्रे क्यापिटलद्वारा वृद्धाश्रमलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुरको चण्डेश्वरी मार्ग बोडेस्थित श्री द्योमाँ जगत वृद्धाश्रममा आश्रित वृद्धवृद्धाहरुको स्वास्थ्य तथा जाडो महिनालाई मध्यनजर गर्दै ६ थान हिटर तथा खाद्यान्न सामाग्रीहरु वितरण गरेको छ ।

वृद्धाश्रमका तर्फबाट वृद्धाश्रम समितिका अध्यक्ष प्रेमचन्द्र अदुवा श्रेष्ठ तथा मध्यपुर ठिमी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठको उपस्थितिमा उक्त सामग्री बितरण गरिएको हो । त्यस अवसरमा क्यापिटलका तर्फबाट अध्यक्ष विश्वम्भर न्यौपाने, तथा प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकारका साथै कर्मचारीहरु उपस्थित थियो ।

Esewa
Crest

माछापुच्छ्रे क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यसै सन्दर्भमा आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा क्यापिटलले आफ्नो स्थापनाको ५औं वर्षको वार्षिकोत्सव माघ महिनाभरी रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग लगायतका विविध कार्यक्रमहरु आयोजना गरी भव्यताका साथ मनाइरहेको छ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी ९मर्चेन्ट बैंकर० कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS