IME Life New

वार्षिकोत्सवको अवसरमा कामना सेवा विकास बैंकको रक्तदान सहित विभिन्न कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा आफ्ना सम्पुर्ण क्षेत्रिय कार्यालयहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकको केन्द्रीय कार्यालय, ज्ञानेश्वरमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ५६ पिन्ट, कोशी प्रदेशको विराटचोक शाखामा भएको रक्तदान कार्यक्रममा ४० पिन्ट, मधेश प्रदेशको विरगञ्ज शाखामा भएको रक्तदानमा २३ पिन्ट, बर्दिबास शाखामा भएको रक्तदानमा ३० पिन्ट, नारायणगढ क्षेत्रको खैरहरी पर्सा शाखामा भएको रक्तदानमा ११० पिन्ट, पोखरा क्षेत्रको प्रस्र्याङ्ग शाखामा भएको रक्तदानमा ४६ पिन्ट र पश्चिम क्षेत्रको नेपालगञ्ज शाखामा भएको रक्तदानमा ३६ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ ।

सोही कार्यक्रम अन्तर्गत गत शनिवार बुटवल क्षेत्रको बुटवल शाखामा भएको रक्तदानमा ७६ पिन्ट रगत संकलन भएको थियो । यसरी बैंकले कुल ४१७ पिन्ट रगत संकलन गरेको जनाएको छ । वार्षिकोत्सवको शुभ अवसरमा बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा रहेको प्रहरी कन्ट्रोल रुमको सवलीकरण कार्यक्रम समेत सम्पन्न गरेको छ ।

Esewa
Crest

उक्त कन्ट्रोल रुमको सवलीकरण सम्पन्न गरि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापालाई बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रहरी कन्ट्रोल रुमको सवलीकरण गरिदिएकोमा धन्यवाद ज्ञापन गर्नुका साथै प्रहरी कन्ट्रोल रुमको सेवा समेत छिटो र छरितो हुन थालेको बताए ।

वार्षिकोत्सवकै कार्यक्रम अन्तर्गत बैंकले कोशी प्रदेशको विराटचोकमा रहेको सुकुना बहुमुखी क्याम्पसमा रु.५० हजार रुपैया वरावरको छात्रवृत्ती समेत प्रदान गरेको छ । उक्त छात्रवृत्ती रकम क्याम्पसको व्यवस्थापन संकायमा अध्ययनरत १० जना जेहेन्दार विद्यार्थीहरुलाई प्रदान गरिने क्याम्पसका सहायक क्याम्पस प्रमुख बलराम पोख्रेलले बताए ।

बैंकले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रम सहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गरिरहेको छ । बैंकले गत शुक्रवार देखी विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ । आगामी विहिवार सम्म बैंकले विभिन्न कार्यक्रमहरु गर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS