IME Life New

वार्षिकोत्सवको अवसरमा अध्यक्ष सिलवालको प्रतिवद्धता : १० वर्षमा वित्तीय क्षेत्रमा बीमालाई अग्रस्थानमा पुर्याउनेछौ  

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सूर्य प्रसाद सिलवाल

बीमा ऐन, २०४९ अन्तर्गत नेपालको बीमा नियमनकारी निकायका रूपमा स्थापना भएको बीमा समिति मिति २०७९ साल जेठ १ गतेदेखि आफ्नो स्थापनको ५३ औँ वर्ष पूरा गरी ५४ औँ वर्षमा प्रवेश गरेको सु–अवसरमा समितिका सञ्चालक समितिका सदस्यज्यूहरू, पूर्व अध्यक्षज्यूहरू, कार्यकारी निर्देशक लगायत कर्मचारीहरू, बीमित, बीमक, बीमा अभिकर्ता, बीमा सर्भेयरहरू तथा बीमा क्षेत्रसँग सम्बद्ध सबै सरोकारवालामा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

Esewa
Crest

मानव जीवन, सम्पत्ति एवं दायित्वको जोखिम विरुद्ध आर्थिक सुरक्षा गर्ने सबल एवं विश्वासिलो वित्तीय उपकरणका रूपमा रहेको बीमालाई अन्तर्राष्ट्रिय अभ्यास समेतका आधारमा स्वच्छ, पारदर्शी, भरपर्दो र विश्वासिलो बनाउँदै गरिब, विपन्न, न्यून आय भएका र जोखिमयुक्त वर्गसम्म पुर्याउन समितिले आफ्नो नियमनकारी भूमिका प्रभावकारी बनाउँदै आएको छ।

चालू आर्थिक वर्षमा एक तिहाइ जनसङ्ख्यामा बीमाको पहुँच पुर्याउने नेपाल सरकारको लक्ष्य रहेकोमा नेपाल सरकार, बीमा समिति, बीमकहरू लगायत सरोकारवालाहरूको सामूहिक प्रयासबाट आर्थिक वर्ष २०७८/०७९ को चैत्र मसान्त सम्ममा कुल जनसङ्ख्याको ३७.३४ प्रतिशत जनतामा बीमाको पहुँच पुगी आर्थिक वर्षको नौ महिनामा नै उक्त लक्ष्य हासिल भइसकेको छ। आगामी दिनमा बीमाको पहुँच अझै उल्लेख्य रूपले बढ्दै जाने समितिको विश्वास छ।

बीमा क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राखी मागका आधारमा विकास गर्न, बदलिँदो परिवेश तथा त्यसबाट उत्पन्न चुनौती सामना गर्न तथा सिर्जित अवसर प्रभावकारी रूपले उपयोग गर्न, सबै क्षेत्रमा बीमाको पहुँच बढाउन, बीमा क्षेत्रको गुणस्तर कायम गर्न तथा विद्यमान विविध समस्या तथा चुनौतीलाई सम्बोधन गर्दै राष्ट्रिय अर्थतन्त्रमा बीमा क्षेत्रको योगदान अभिवृद्धि गर्न राष्ट्रिय बीमा नीतिको आवश्यकतालाई ध्यानमा राखी नीतिको मस्यौदा तयार गरी स्वीकृतिका लागि नेपाल सरकार, अर्थ मन्त्रालयमा पठाइसकिएको छ।

समितिले प्रदेश बीमा नीति र स्थानीय बीमा नीति ल्याउन प्रदेश र स्थानीय सरकारहरूसँग समेत आग्रह गर्दै आएको छ। समितिले बीमा कम्पनीहरूको जोखिम बहन क्षमता बढाउन, पूँजीगत आधार बलियो बनाउन, संस्थागत सुशासन कायम गरी बीमा व्यवसायलाई  स्वच्छ,  पारदर्शी  एवं  प्रतिस्पर्धी  बनाउन  र  बीमितको  जीवन  तथा  सम्पत्तिको  आर्थिक  सुरक्षालाई  प्रभावकारी  बनाउन  बीमकहरूको चुक्ता पूँजी वृद्धि गर्ने निर्णय गरेको छ। साथै समितिबाट प्रवाह गरिने सेवालाई सहज, सरल एवं छिटोछरितो बनाउन विद्युतीय माध्यमबाट सेवा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

बीमा क्षेत्रको समग्र विकाससँगै स्थानीय स्तरमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्न, न्यून आय भएका विपन्न वर्गसम्म बीमाको पहुँच  पुर्याउन,  समयमै  बीमा  दाबी  भुक्तानी  गर्ने  व्यवस्था  गरी  बीमा  प्रतिको  विश्वास  अभिवृद्धि  गर्न,  प्रदेश  सरकार  र  स्थानीय  सरकारसँग समन्वय गरी घर लगायतका सम्पत्तिको बीमालाई प्रभावकारी बनाउन र लघुबीमा व्यवसाय प्रवर्द्धन गर्न समिति निरन्तर लागिरहेको छ।

अन्त्यमा बीमा व्यवसायलाई व्यवस्थित, नियमित, विकसित तथा नियन्त्रित गर्ने उद्देश्यले स्थापित समितिको ५४औँ वार्षिकोत्सवका अवसरमा बीमा क्षेत्रको समग्र विकास एवं विस्तार मार्फत आगामी १० वर्षमा वित्तीय क्षेत्रमा बीमा क्षेत्रलाई अग्रस्थानमा पुर्याउने गरी आ–आफ्ना क्षेत्रबाट योगदान पुर्याउन सरोकारवाला सबैमा आग्रह गर्दै समग्र बीमा क्षेत्रको संस्थागत सुशासनमा समिति निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS