IME Life New

वाणिज्य बैंकहरुबाट रु. ७१ अर्ब ६९ करोड शेयर लोन प्रवाह, कुनबाट कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनसम्म वाणिज्य बैंकहरुबाट ७१ अर्ब ६९ करोड रुपैयाँ बढी शेयर धितो कर्जा भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१ साउनसम्म १९ वटा बैंकहरुबाट ७१ अर्ब ६९ करोड ३१ लाख रुपैयाँ शेयर धितो कर्जा गएको हो। स्ट्यान्डर्ड चार्टर्ड बैंकले शेयर धितो कर्जा प्रवाह गरेको छैन।

Esewa
Crest

साउनसम्म सबैभन्दा बढी शेयर लोन प्रवाह गर्नेमा नबिल बैंक रहेको छ। नबिलबाट १० अर्ब ७१ करोड ८२ लाख रुपैयाँ शेयर लोन गएको छ।
दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ। यो बैंकले साउनसम्म ८ अर्ब १२ करोड ४२ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ।

सबैभन्दा बढी शेयर धितो कर्जा प्रवाह गर्ने तेस्रो बैंकमा नेपाल बैंक रहेको छ। यो बैंकबाट ६ अर्ब ९२ करोड ६८ लाख रुपैयाँ शेयर लोन गएको छ।

यसैगरी साउनसम्म सिद्धार्थ बैंकले ५ अर्ब ९० करोड ६५ लाख रुपैयाँ, कुमारी बैंकले ५ अर्ब २७ करोड ७७ लाख रुपैयाँ, सिटिजन्स बैंकबाट ४ अर्ब ८४ करोड ११ लाख रुपैयाँ र प्राइम बैंकबाट ४ अर्ब ५३ करोड ७७ लाख रुपैयाँ शेयर लोन प्रदान गरेका छन्।

त्यस्तै राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब ९६ करोड ८५ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकबाट ३ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकबाट ३ अर्ब ४९ करोड २० लाख रुपैयाँ, प्रभु बैंकबाट २ अर्ब ८७ करोड ३१ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट २ अर्ब १९ करोड ६४ लाख रुपैयाँ, हिमालयन बैंकबाट १ करोड ९१ लाख ९५ लाख रुपैयाँ, एभरेष्ट बैंकबाट १ अर्ब ७८ करोड ९३ लाख रुपैयाँ, कृषि विकास बैंकबाट १ अर्ब ५७ करोड १ लाख रुपैयाँ, सानिमा बैंकबाट १ अर्ब ५१ करोड ५४ लाख रुपैयाँ, एनएमबि बैंकबाट १ अर्ब २२ करोड ९९ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकबाट ५१ करोड २४ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकबाट ४२ करोड ९४ लाख रुपैयाँ शेयर लोन गएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS