IME Life New

वाणिज्य बैंकहरुबाट रु. ६८.६२ अर्ब बढी शेयर लोन प्रवाह, कुनबाट कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट चालु आर्थिक वर्षको ११ महिना जेठसम्म शेयर धितोमा ८७ अर्ब ११ करोड २७ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। जुन असार मसान्तसम्मको तुलनामा १४.२ प्रतिशतले बढी हो। असार मसान्तमा शेयर धितो कर्जा ७६ अर्ब ३० करोड ८३ रुपैयाँ थियो।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार जेठसम्म कुल प्रवाहित शेयर धितो कर्जामध्ये १९ वटा वाणिज्य बैंकहरुबाट ६८ अर्ब ६२ करोड ४४ लाख रुपैयाँ गएको छ। वाणिज्य बैंकहरुबाट प्रवाह भएको कर्जा कुल शेयर लोनको ७८.७८ प्रतिशत रहेको छ।

Esewa
Crest

तथ्यांकअनुसार सबैभन्दा धेरै शेयर लोन प्रवाह गर्नेमा नबिल बैंक रहेको छ। जेठसम्म नबिलले ११ अर्ब ४२ करोड २७ लाख रुपैयाँ शेयर लोन दिएको छ।

दोस्रो धेरै शेयर लोन प्रवाह गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ। यो बैंकबाट ७ अर्ब ९ करोड ५५ लाख रुपैयाँ शेयर लोन गएको छ।

तेस्रोमा नेपाल बैंक रहेको छ। नेपाल बैंकले ७ अर्ब ३३ करोड ३८ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको छ।
सिद्धार्थ बैंक धेरै शेयर लोन दिने चौथो बैंक हो । यो बैंकबाट जेठसम्म ५ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ शेयर लोन प्रवाह भएको छ।

पाँचौँ स्थानमा सिटिजन्स बैंकमा रहेको छ। यो बैंकबाट ४ अर्ब ६४ करोड १२ लाख रुपैयाँ शेयर लोन गएको छ।

वाणिज्य बैंकहरुमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंकले शेयर लोन प्रवाह गरेको छैन भने सबैभन्दा कम प्रवाह गर्नेमा नेपाल एसबीआई बैंक रहेको छ। यो बैंकले १२ करोड ५७ लाख रुपैया शेयर लोन प्रवाह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS