IME Life New

वाणिज्य बैंकहरुको लाभांश क्षमताः एभरेष्ट अगाडि, ४ वटाले बाँड्न नसक्ने (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। वित्तीय विवरणअनुसार १० वटा वाणिज्य बैंकको नाफा बढेको छ भने १० वटाको घटेको छ।

गत आर्थिक वर्षमा २० वटा वाणिज्य बैंकहरुले कुल ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरुको नाफा १३.४० प्रतिशतले बढेको छ।

Esewa
Crest

वित्तीय विवरणअनुसार १६ वटा वाणिज्य बैंकहरुको मात्रै लाभांश वितरण गर्ने क्षमता देखिएको छ भने ४ बाँड्न नसक्ने देखिएको छ।

लाभांश क्षमताका हिसाबले एभरेष्ट बैंक अगाडि रहेको छ। यो बैंकको लाभांश क्षमता २९.८६ प्रतिशत रहेको छ।

दोस्रोमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ। यो बैंकले साढे २६ प्रतिशत लाभांश बाँड्ने सक्ने देखिएको छ।

कृषि विकास बैंक तेस्रो स्थानमा रहेको छ। यो सरकारी बैंकले लगानीकर्तालाई १७.३७ प्रतिशत लाभांश दिने क्षमता बनाएको छ।

यसैगरी नबिल बैंकले १४.२६ प्रतिशत, नेपाल एसबीआई बैंकले १०.७६ प्रतिशत र सानिमा बैंकले १०.४ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएका छन्।

बाँकी १० वटा बैंकले भने सिंगल डिजिटलमा लाभांश वितरण गर्न सक्ने क्षमता बनाएका छन्। एनआईसी एसिया, हिमालयन, कुमारी र नेपाल इन्भेस्टमेन्ट बैंकले भने लाभांश दिन सक्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS