IME Life New

वाणिज्य बैंकहरुको बढ्यो खराब कर्जा, कसको कति एनपीएल ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकको आर्थिक वर्ष २०८०।८१ को वार्षिक वित्तीय विवरण सार्वजनिक भएको छ। वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरुको औसत कुल खराब कर्जा अनुपात (एनपीएल) साढे ३ प्रतिशत रहेको देखिएको छ।

वाणिज्य बैंकहरुमध्ये ८ वटा वाणिज्य बैंकहरुको एनपीएल ४ प्रतिशत माथि रहेको छ भने ७ वटाको ३ प्रतिशत माथि रहेको छ। त्यस्तै ३ वटा वाणिज्य बैंकको एनपीएल २ प्रतिशतको लाइनमा रहेको छ भने एउटाको १ प्रतिशत माथि र एउटाको १ प्रतिशत तल रहेको देखिन्छ।

Esewa
Crest

तथ्यांकअनुसार सबैभन्दा बढी एनपीएल नेपाल इन्भेस्टमेन्ट मेगा र कुमारी बैंकको रहेको छ। यी दुवै बैंकको एनपीएल ४.९५ प्रतिशत रहेको छ।

यसैगरी हिमालयन बैंकको एनपीएल ४.९१ प्रतिशत, प्रभु बैंकको ४.७८ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ४.७२ प्रतिशत, प्राइम कमर्सियल बैंकको ४.६७ प्रतिशत, ग्लोबल आइएमई बैंकको ४.३७ प्रतिशत र सिटिजन्स बैंकको ४.०७ प्रतिशत रहेको छ।

सबैभन्दा कम एनपीएल एभरेष्ट बैंकको रहेको छ। यो बैंकको ०.७१ प्रतिशत रहेको छ।

गत आर्थिक वर्षमा ७ वटा बैंकको एनपीएल बढेको छ भने १३ वटाको बढेको छ। अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरुको औसत एनपीएल ३.०२ प्रतिशत रहेकोमा समीक्षा वर्षमा बढेर ३.५४ प्रतिशत पुगेको छ।

समीक्षा वर्षमा २० वटा वाणिज्य बैंकहरुले कुल ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्ष ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरुको नाफा १३.४० प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS