IME Life New

वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब माथि, धेरै कमाउनेमा नबिल, वृद्धिदरमा प्रभु अगाडि ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। वित्तीय विवरणअनुसार १० वटा वाणिज्य बैंकको नाफा बढेको छ भने १० वटाको घटेको छ।

गत आर्थिक वर्षमा २० वटा वाणिज्य बैंकहरुले कुल ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्ष ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरुको नाफा १३.४० प्रतिशतले बढेको छ।

Esewa
Crest

गत आर्थिक वर्षमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ भने नाफा वृद्धिदरका हिसाबले प्रभु बैंक अगाडि रहेको छ। नबिल बैंकले ७ अर्ब ६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।

यसैगरी दोस्रो सर्वाधिक नाफा कमाउने बैंकमा ग्लोबल आइएमई रहेको छ। यो बैंकले ६ अर्ब १ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

धेरै नाफा कमाउने सूचीमा नेपाल इन्भेस्टमेन्ट मेगा तेस्रो स्थानमा रहेको छ। यो बैंकले ५ अर्ब १९ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

नाफा वृद्धिदरका हिसाबले प्रभु बैंक पहिलो स्थानमा रहेको छ। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा प्रभु बैंकको नाफा १४९९.०४ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा प्रभुले ४ अर्ब ४८ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

यसैगरी नाफा वृद्धिदरका हिसाबले कुमारी बैंक दोस्रो स्थानमा रहेको छ। अघिल्लो वर्षको तुलनामा कुमारी बैंकको नाफा ३४५.६७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ५१ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा गत वर्ष २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ।

प्राइम बैंक नाफा वृद्धिदरका हिसाबले तेस्रो स्थानमा रहेको छ। यो बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २६७.१९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष १ अर्ब २ करोड ७८ लाख रुपैयाँ नाफामा रहेकोमा गत वर्ष बढेर ३ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै कृषि विकास बैंकको नाफा पनि १७६.२३ प्रतिशतले बढेर ३ अर्ब ६५ करोड ५६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ३२ करोड ३४ लाख रुपैयाँ थियो।

गत आर्थिक वर्षमा सबैभन्दा कम नाफा कमाउनेमा माछापुच्छ्रे बैंक रहेको छ। यो बैंकले गत आर्थिक वर्षमा १ अर्ब २५ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS