IME Life New

वाणिज्य बैंकहरुको नाफा रु. ९.१७ अर्ब माथि, अग्रस्थानमा ग्लोबल आइएमई, पुछारमा माछापुच्छ्रे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो महिना साउनमा वाणिज्य बैंकहरुले ९ अर्ब १७ करोड रुपैयाँ बढी नाफा आर्जन गर्न सफल भएका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा २० वटा वाणिज्य बैंकहरुले कुल ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। नाफा आर्जनको हिसाबले ग्लोबल आइएमई बैंक अग्रस्थानमा रहेको छ। यो बैंकले ८९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

Esewa
Crest

यसैगरी दोस्रो स्थानमा नबिल बैंक रहेको छ। नबिलले साउनमा ८० करोड ३३ लाख रुपैयाँ कमाउन सफल भएको छ।

सर्वाधिक नाफा कमाउने तेस्रो वाणिज्य बैंकमा कृषि विकास बैंक रहेको छ। यो बैंकले ७१ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

चौथो धेरै नाफा कमाउनेमा हिमालयन बैंक रहेको छ। हिमालयनले साउनमा ५८ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

उच्च नाफाका हिसाबले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक पाँचौँ स्थानमा रहेको छ। यो बैंकले ५७ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

त्यस्तै साउनमा प्रभु बैंकले ५३ करोड ८० लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले ५० करोड ५५ लाख रुपैयाँ, कुमारी बैंकले ५० करोड ३५ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४३ करोड ३२ लाख रुपैयाँ, एनएमबि बैंकले ४२ करोड ७२ लाख रुपैयाँ र एभरेष्ट बैंकले ४२ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

चालु आर्थिक वर्षको पहिलो महिनामा सानिमा बैंकले ३८ करोड २६ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ३६ करोड ६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ३४ करोड ८८ लाख रुपैयाँ, सिटिजन्स बैंकले ३४ करोड २२ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले ३३ करोड ३४ लाख रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३१ करोड १५ लाख रुपैयाँ नाफा कमाएका छन्।

यसैगरी साउनमा एनआईसी एसिया बैंकले २६ करोड ६३ लाख रुपैयाँ, नेपाल बैंकले २२ करोड ३९ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले २० करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS