IME Life New

वाणिज्य बैंकहरुको नाफामा साढे १३%को संकुचन, सर्वाधिक कमाउनेमा नबिल अगाडि, अरुको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण केलाउँदा वाणिज्य बैंकहरुको नाफामा साढे १३ प्रतिशतको संकुचन देखिएको छ।

चालु आर्थिक वर्षको ९ महिनासम्मको तथ्यांक हेर्दा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १३ वटाको नाफा घटेको छ भने ७ वटाले नाफा बढाउन सफल भएका छन्। यी बैंकले समीक्षा अवधिसम्म ४० अर्ब ६८ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म वाणिज्य बैंकहरुको नाफा ४७ अर्ब १ करोड रुपैयाँ थियो। यस हिसाबले वाणिज्य बैंकहरुको नाफा १३.४७ प्रतिशतले घटेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म प्रतिशतका हिसाबले सबैभन्दा बढी नाफा बढाउन सफल वाणिज्य बैंकमा कृषि विकास बैंक रहेको छ। यो बैंकको खुद नाफा समीक्षा अवधिमा ९७.२१ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको ९ महिनामा १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्म २ अर्ब ५ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।

चालु आर्थिक वर्षको ९ महिनामा नाफा बढाउन सफल अन्य वाणिज्य बैंकमा लक्ष्मी सनराइज, प्राइम कमर्सियल, सिद्धार्थ, हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा र एभरेष्ट बैंक छन्। नाफामा संकुचन आएका वाणिज्य बैंकहरुमा नबिल, ग्लोबल, स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, एनआईसी एसिया, प्रभु, सानिमा, सिटिजन्स, नेपाल एसबीआई, कुमारी, माछापुच्छ्रे र नेपाल बैंक छन्।

रकमका हिसाबले यो ९ महिनामा सबैभन्दा बढी नाफा कमाउने वाणिज्य बैंकमा नबिल रहेको छ। यो बैंकले समीक्षा अवधिसम्म ४ अर्ब ६६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। यद्यपि यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.७६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्म नबिलले ५ अर्ब ११ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

यसैगरी नेपाल बैंकको नाफामा सबैभन्दा बढी संकुचन आएको छ। अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा समीक्षा अवधिसम्म यो बैंकको नाफा ९२.६८ प्रतिशत घटेको छ। अघिल्लो वर्ष यही अवधिसम्म १ अर्ब ७८ करोड रुपैयाँ नाफा आर्जन गरेकोमा समीक्षा अवधिसम्म १३ करोड ५ लाख रुपैयाँमा खुम्चिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS