IME Life New

वाणिज्य बैंकहरुको एनपीएल झनै चुलियो, १३ वटाको बढ्दा ५ वटाको घट्यो, २ वटाको स्थिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुको खराब कर्जा झनै चुलिँदै गएको देखिएको छ। आज बैंकहरुले सार्वजनिक गरेका चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो।

हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकको औसत खराब कर्जा अनुपात (एनपीएल) चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३.६४ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म वाणिज्य बैंकहरुको औसत एनपीएल २.९९ प्रतिशत थियो। खराब कर्जा बढ्दा केही बैंकहरुको इम्पेयरमेन्ट चार्ज पनि बढेको छ भने कतिपयको वितरणयोग्य मुनाफा नै ऋणात्मक रहेको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांक हेर्दा ५ वटा वाणिज्य बैंकले मात्रै एनपीएल घटाउन सफल भएका छन् भने १३ वटा एनपीएल झनै बढेको छ। दुईवटा वाणिज्य बैंकको एनपीएल भने स्थिर रहेको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा सिटिजन्स, एनएमबि, सिद्धार्थ, सानिमा र कृषि विकास बैंकको एनपीएल घटेको छ। लक्ष्मी सनराइज, हिमालयन, कुमारी, प्रभु, ग्लोबल आइएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य, प्राइम, माछापुच्छ्रे, एनआईसी एसिया, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल एसबीआई र नेपाल बैंकको एनपीएल भने बढेको छ।

एभरेष्ट र नबिल बैंकको एनपीएल स्थिर रहेको छ। एभरेष्ट एनपीएल ०.७ प्रतिशत रहँदा नबिलको ३.७६ प्रतिशत रहेको छ।

तथ्यांक हेर्दा लक्ष्मी सनराइजको खराब कर्जा चुलिएको छ। यो बैंकको एनपीएल सबैभन्दा बढी ५.४९ प्रतिशत रहेको छ। सबैभन्दा कम एभरेष्टको ०.७ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS