IME Life New

वाणिज्य बैंकको शेयरमा फर्कियो चमक, कुन–कुन छन् सस्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा आज शेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचक ५२.९७ अंकले बढेर २२५७.५९ को विन्दुमा पुगेको छ। नेप्से यो उचाइ करिब २ वर्षअघिको नजिक रहेको छ।

आज बैंकिङ सेक्टर सर्वाधिक बढेको छ। वाणिज्य बैंकहरुको यो सेक्टर आज ३.७४ अंकले बढेको छ। लामो समयपछि वाणिज्य बैंकमा चमक फर्किएको हो।

Esewa
Crest

नेप्सेमा राष्ट्रिय वाणिज्य बैंकबाहेक अन्य १९ वटा बैंक सूचीकृत छन्। आजको अन्तिम कारोबार मूल्यअनुसार वाणिज्य बैंकमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंकको भाउ सर्वाधिक रहेको छ। यो बैंकको शेयरभाउ आज १६.५ रुपैयाँले बढेर ६०४.५ रुपैयाँ पुगेको छ।

दोस्रो सर्वाधिक मूल्य भएको बैंक एभरेष्ट रहेको छ। यो कम्पनीको शेयरभाउ ५६८ रुपैयाँ पुगेको छ। आज यो बैंकको मूल्य १५ रुपैयाँले बढेको छ।

वाणिज्य बैंकहरुमध्ये उच्च शेयरभाउको हिसाबले नबिल तेस्रोमा रहेको छ। आज २२ रुपैयाँले बढेको यो बैंकको शेयरभाउ ५२९ रुपैयाँ पुगेको छ।

यसैगरी चौथो एनआईसी एसिया बैंक रहेको छ। यो बैंकको शेयरभाउ ४४९ रुपैयाँ रहेको छ। आज २.९० रुपैयाँले मूल्य बढेको छ। नेपाल एसबीआई बैंकको शेयरभाउ ३३६ रुपैयाँ रहेको छ। यो बैंकको भाउ आज १३ रुपैयाँले बढेको छ।

शेयरभाउ ३०० भन्दा कम रहेका वाणिज्य बैंकहरु

कृषि विकास बैंकः २९८.५० रुपैयाँ
सानिमाः २८४ रुपैयाँ
सिद्धार्थ बैंकः २८३.५ रुपैयाँ
नेपाल बैंकः २३४ रुपैयाँ
प्राइमः २२४.९० रुपैयाँ
एनएमबिः २१७ रुपैयाँ
हिमालयनः २११ रुपैयाँ
माछापुच्छ्रेः २०४ रुपैयाँ
ग्लोबल आइएमईः २०० रुपैयाँ

शेयरभाउ २०० रुपैयाँभन्दा कम रहेका वाणिज्य बैंकहरु

सिटिजन्सः १९२ रुपैयाँ
नेपाल इन्भेस्टमेन्ट मेगाः १७९ रुपैयाँ
लक्ष्मी सनराइजः १७७ रुपैयाँ
प्रभुः १६६.९० रुपैयाँ
कुमारीः १५६.२० रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS