IME Life New

वाणिज्य बैंककै पथमा विकास बैंक, असारका लागि घटाए ब्याजदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । असारका लागि अधिकांश वाणिज्य बैंकले ब्याजदर कम गरेपछि विकास बैंकहरुले घटाएका छन्।

राष्ट्रियस्तरका विकास बैंकहरुले आज सूचना प्रकाशित गरी असारमा लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। जसमा उनीहरुले जेठको तुलनामा असारमा मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्।

Esewa
Crest

राष्ट्रियस्तरका विकास बैंकहरुले जेठमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ७.५ प्रतिशत कायम गरेका थिए। असारमा घटाउँदै व्यक्तिगत मुद्दति निक्षेपका अधिकतम ब्याजदर ७.२ प्रतिशत कायम गरेका छन्।

बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा १ प्रतिशत बढाएर रेमिन्ट्यान्स खातामा र १ प्रतिशत घटाएर संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था छ।

हाल सञ्चालनमा रहेका राष्ट्रियस्तरका विकास बैंकमा मुक्तिनाथ, गरिमा, शाइन रेसुंगा, कामना सेवा, महालक्ष्मी, ज्योति, सांग्रिला र लुम्बिनी विकास बैंक रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS