IME Life New

वाणिज्य बैंकः ३३%ले बढ्यो शेयर लोन, सबैभन्दा धेरै ग्लोबल आइएमईबाट प्रवाह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको कात्तिकसम्म करिब पौने ८५ अर्ब रुपैयाँ बढी शेयर धितो कर्जा (शेयर लोन) प्रवाह गरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका २० वटामध्ये १९ वटा वाणिज्य बैंकले ८४ अर्ब ६९ करोड २६ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेका हुन्। अघिल्लो वर्ष यही अवधिसम्म बैंकहरुले ६३ अर्ब ६० करोड ३ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेका थिए। अघिल्लो वर्षको तुलनामा शेयर लोन ३३.१६ प्रतिशतले बढेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा १४ वटा बैंकबाट जाने शेयर लोन बढेको छ भने ५ वटाको घटेको छ।

चालु आर्थिक वर्षको कात्तिकसम्म ग्लोबल आइएमई बैंकको सर्वाधिक शेयर लोन गएको छ। यो बैंकबाट ११ अर्ब १५ करोड ७७ लाख रुपैयाँ शेयर लोन गएको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ७७.१३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म ग्लोबल आइएमईले ६ अर्ब २९ करोड ९३ लाख रुपैयाँ शेयर लोन दिएको थियो।

दोस्रो नबिल बैंक रहेको छ। यो वर्षको कात्तिकसम्म नबिलले ११ अर्ब १४ करोड ७८ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १० अर्ब ९४ करोड ६३ लाख रुपैयाँ शेयर लोन दिएको थियो। अघिल्लो वर्षको तुलनामा यो बैंकको शेयर लोन १.८४ प्रतिशतले बढेको छ।

तेस्रोमा कुमारी बैंक रहेको छ। कुमारीबाट ८ अर्ब ३१ करोड १५ लाख रुपैयाँ शेयर लोन गएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कुमारीबाट ३ अर्ब ७७ करोड ५६ लाख रुपैयाँ शेयर लोन गएको थियो। अघिल्लो वर्षको तुलनामा बैंकबाट गएको शेयर लोन १२०.१३ प्रतिशतले बढेको छ।

यसैगरी यो वर्ष कात्तिकसम्म सिद्धार्थ बैंकबाट ७ अर्ब ९१ करोड २० लाख रुपैयाँ, नेपाल बैंकबाट ७ अर्ब ६८ करोड ९३ लाख रुपैयाँ, सिटिजन्स बैंकबाट ५ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ, प्राइम कमर्सिल बैंकबाट ५ अर्ब ५२ करोड ३५ लाख रुपैयाँ र लक्ष्मी सनराइज बैंकबाट ४ अर्ब १४ करोड २६ लाख रुपैयाँ शेयर लोन प्रवाह भएको छ। अघिल्लो वर्षको तुलनामा सिद्धार्थको ९९.५३ प्रतिशत, नेपाल बैंकको ७२.६५ प्रतिशत, सिटिजन्सको ४२.५६ प्रतिशत, प्राइमबाट ३४.०४ प्रतिशत र लक्ष्मी सनराइजबाट २६.१३ प्रतिशत बढी शेयर लोन प्रवाह भएको छ।

त्यस्तै समीक्षा अवधिसम्म राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ९८ करोड १८ लाख रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ५८ करोड ६८ लाख रुपैयाँ र एनआईसी एसिया बैंकबाट २ अर्ब ८० करोड १३ लाख रुपैयाँ शेयर लोन दिएका छन्। अघिल्लो वर्षको तुलनामा यी तीनैवटा बैंकबाट गएको शेयर लोन घटेको छ।

यो वर्ष कात्तिकसम्म एभरेष्ट बैंकले २ अर्ब ३३ करोड १ लाख रुपैयाँ शेयर लोन दिँदा सानिमाबाट १ अर्ब ९५ करोड ७६ लाख रुपैयाँ गएको छ। दुवै बैंकको शेयर लोन प्रवाह बढेको छ।

उता हिमालयन बैंकले १ अर्ब ८७ करोड ८ लाख रुपैयाँ र नेपाल इन्भेस्टमेन्ट बैंकले १ अर्ब ८२ करोड ९ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्षको तुलनामा दुवै बैंकको शेयर लोन प्रवाह घटेको छ।

त्यस्तै यो वर्ष कात्तिकसम्म कृषि विकास बैंकबाट १ अर्ब ७६ करोड १ लाख रुपैयाँ, एनएमबि बैंकबाट १ अर्ब ६८ करोड ५६ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकबाट ९६ करोड ३० लाख रुपैयाँ र नेपाल एसबीआई बैंकबाट ४७ करोड ४५ लाख रुपैयाँ शेयर लोन गएको छ। अघिल्लो वर्षको तुलनामा यी चारवटै बैंकको शेयर लोन प्रवाह बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS