IME Life New

वाणिज्य बैंकः १० वटाको शेयरभाउ रु. २०० मुनि, अरु कुन–कुन छन् सस्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पुँजी कोषको दबाबमा रहेका बैंकहरुप्रति नेपाल राष्ट्र बैंक लचिलो बनेको छ। केन्द्रीय बैंकले बुधबार एकीकृत निर्देशनमा संशोधन गर्दै पुँजी कोष अभाव भएका बैंकहरुले अग्राधिकार शेयर जारी गर्न पाउने बाटो खुला गरिएको छ। यसका साथै, सञ्चित नोक्सानीमा गएका बैंक तथा वित्तीय संस्थाहरुलाई ऋणपत्र जारी गर्ने विकल्प पनि राष्ट्र बैंकले दिएको छ।

राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाले बैंकहरुलाई राहात हुने जानकारहरु बताउँछन्। योसँगै लामो समयदेखि शेयर बजारमा ओरालो लागेको बैंकिङ सेक्टरमा चमक फर्किने आशा उनीहरुको छ।

Esewa
Crest

हाल नेप्सेमा २० वटामध्ये १९ वटा वाणिज्य बैंक सूचीकृत छन्। असार १२ गतेको अन्तिम कारोबार मूल्यअनुसार १० वटा बैंकको शेयरभाउ अझै २०० रुपैयाँ मुनि रहेको छ। यसरी २०० रुपैयाँ मुनि रहेका वाणिज्य बैंकहरुमा प्राइम, एनएमबि, हिमालयन, ग्लोबल आइएमई, माछापुच्छ्रे, सिटिजन्स, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, प्रभु र कुमारी छन्।

यसैगरी नेपाल एसबीआई, कृषि विकास, सानिमा, सिद्धार्थ र नेपाल बैंकको शेयरभाउ ३०० रुपैयाँभन्दा तल रहेको छ।

एनआईसी एसियाको शेयरभाउ ४०० रुपैयाँ मुनि र नबिल बैंकको ५०० रुपैयाँ तल रहेको छ। स्ट्यान्डर्ड चार्टर्ड र एभरेष्ट बैंकको शेयरभाउमात्रै ५०० रुपैयाँभन्दा माथि रहेको छ।

नेप्सेमा बुधबारको कारोबारअनुसार सबैभन्दा बढी बजारभाउ स्ट्यान्डर्ड चार्टर्डको ५६० रुपैयाँ र सबैभन्दा कम कुमारी बैंकको १३४.३० रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS