IME Life New

वाणिज्य बैंकः साढे ३५% ले बढ्यो शेयर लोन, कुनबाट कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको मंसिरसम्म सवा ८६ अर्ब रुपैयाँ बढी शेयर धितो कर्जा (शेयर लोन) प्रवाह गरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका २० वटामध्ये १९ वटा वाणिज्य बैंकले ८६ अर्ब ३३ करोड रुपैयाँ शेयर लोन प्रवाह गरेका हुन्। अघिल्लो वर्ष यही अवधिसम्म बैंकहरुले ६३ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेका थिए। अघिल्लो वर्षको तुलनामा शेयर लोन ३५.५७ प्रतिशतले बढेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा १६ वटा बैंकबाट जाने शेयर लोन बढेको छ भने ३ वटाको घटेको छ।

चालु आर्थिक वर्षको मंसिरसम्म नबिल बैंकबाट सबैभन्दा धेरै शेयर लोन गएको छ। यो वर्षको मंसिरसम्म नबिलले ११ अर्ब ३९ करोड ५० लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ११ अर्ब ८ करोड ६५ लाख रुपैयाँ शेयर लोन दिएको थियो। अघिल्लो वर्षको तुलनामा यो बैंकको शेयर लोन २.७८ प्रतिशतले बढेको छ।

दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ। यो वर्ष मंसिरसम्म बैंकबाट ११ अर्ब ३१ करोड ९३ लाख रुपैयाँ शेयर लोन गएको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ७७.८७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म ग्लोबल आइएमईले ६ अर्ब ३६ करोड ३८ लाख रुपैयाँ शेयर लोन दिएको थियो।

तेस्रोमा नेपाल बैंक रहेको छ। नेपाल बैंकबाट ७ अर्ब ९१ करोड ९ लाख रुपैयाँ शेयर लोन गएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकबाट ४ अर्ब ४५ करोड ८० लाख रुपैयाँ शेयर लोन गएको थियो। अघिल्लो वर्षको तुलनामा बैंकबाट गएको शेयर लोन ७७.४५ प्रतिशतले बढेको छ।

यसैगरी यो वर्ष मंसिरसम्म सिद्धार्थ बैंकबाट ७ अर्ब ९० करोड १८ लाख रुपैयाँ, कुमारी बैंकबाट ६ अर्ब ८० करोड १६ लाख रुपैयाँ, प्राइम कमर्सिल बैंकबाट ५ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ, सिटिजन्स बैंकबाट ५ अर्ब ६८ करोड ७६ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकबाट ४अर्ब २० करोड १५ लाख रुपैयाँ शेयर लोन गएको छ। अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा सिद्धार्थको शेयर लोन प्रवाह ९१.४४ प्रतिशत, कुमारीको ८५.४१ प्रतिशत, प्राइमको ३७.२८ प्रतिशत र सिटिजन्सको ४४.९२ प्रतिशतले बढ्दा राष्ट्रिय वाणिज्य बैंकको १.३८ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको मंसिरसम्म प्रभु बैंकबाट ४ अर्ब २ करोड २ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकबाट ३ अर्ब ७४ करोड ६६ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट ३ अर्ब ८ करोड ५४ लाख रुपैयाँ र एनआईसी एसिया बैंकबाट २ अर्ब ६५ करोड ९५ लाख रुपैयाँ शेयर लोन गएको छ। अघिल्लो वर्षको तुलनामा प्रभु, लक्ष्मी सनराइज र नेपाल इन्भेस्टमेन्ट मेगाको शेयर लोन बढेको छ भने एनआईसी एसियाको घटेको छ।

त्यस्तै यो वर्ष मंसिरसम्म एभरेष्ट बैंकले २ अर्ब ५३ करोड ३ लाख रुपैयाँ शेयर लोन दिँदा सानिमा बैंकबाट २ अर्ब ३२ करोड ४८ लाख रुपैयाँ र कृषि विकास बैंकबाट १ अर्ब ९३ करोड ९० लाख रुपैयाँ प्रवाह भएको छ। अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा समीक्षा अवधिमा यी ३ वटै बैंकको शेयर लोन प्रवाहमा उल्लेख्य वृद्धि भएको छ।

उता हिमालयन बैंकले १ अर्ब ८३ करोड रुपैयाँ, एनएमबि बैंकले १ अर्ब ७१ करोड २१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकबाट ९५ करोड १८ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकबाट ४७ करोड ६५ लाख रुपैयाँ शेयर लोन गएको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा हिमालयन बैंकको घटेको छ भने एनएमबि, माछापुच्छ्रे र नेपाल एसबीआई बैंकको शेयर लोन प्रवाह बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS