IME Life New

वाणिज्य बैंकः नाफा आर्जनको हिसाबले नबिल शीर्ष स्थानमा, वृद्धिदरमा लक्ष्मी सनराइज अगाडि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको कात्तिकसम्म सवा २२ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ४ महिनामा २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्। अघिल्लो वर्ष यही अवधिसम्म वाणिज्य बैंकहरुले २० अर्ब ७३ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा बैंकहरुको नाफा ७.५६ प्रतिशतले बढेको छ।

Esewa
Crest

अघिलो वर्षको तुलनामा यो वर्ष कात्तिकसम्म १३ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने ६ वटाको घटेको छ। एउटा बैंक भने घाटामा रहेको छ।

समीक्षा अवधिसम्म सबैभन्दा बढी नाफा आर्जन गर्ने वाणिज्य बैंकमा नबिल बैंक अगाडि रहेको छ। यो बैंकले २ अर्ब ६९ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा २४.०३ प्रतिशतले बढेको छ।

दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ। यो बैंकले २ अर्ब ११ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको बैंकको नाफा ८.५ प्रतिशतले बढेको छ।

तेस्रोमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। यो बैंकले १ अर्ब ८२ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको तुलनामा नाफा २.४६ प्रतिशतले घटेको छ।

यसैगरी समीक्षा अवधिमा प्राइम कमर्सियल बैंकले १ अर्ब ६२ करोड ६४ लाख रुपैयाँ, कुमारी बैंकले १ अर्ब ५९ करोड ४ लाख रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब ५० करोड ९३ लाख रुपैयाँ, एनएमबि बैंकले १ अर्ब ४८ करोड ३२ लाख रुपैयाँ र प्रभु बैंकले १ अर्ब २३ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

कात्तिकसम्म स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब १३ करोड ७३ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ६ करोड ९४ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब ७१ लाख रुपैयाँ, नेपाल बैंकले ९३ करोड ८८ लाख रुपैयाँ र हिमालयन बैंकले ९१ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

उता यो ४ महिनामा माछापुच्छ्रे बैंकले ६८ करोड ९७ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ६६ करोड ७८ लाख रुपैयाँ, सानिमा बैंकले ६५ करोड १३ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड २७ लाख रुपैयाँ, सिटिजन्स बैंकले ४३ करोड ८६ लाख रुपैयाँ र एनआईसी एसिया बैंकले ३८ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

कृषि विकास बैंकले २२ करोड ७७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि कृषि विकास बैंकले २७ करोड ८८ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

नाफा वृद्धिदरका हिसाबले लक्ष्मी सनराइज बैंक अग्रस्थानमा रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यो बैंकको को नाफा १०७.२६ प्रतिशतले बढेको छ। सिद्धार्थ बैंकले पनि १००.०२ प्रतिशत र कुमारीले ७९.०९ प्रतिशतले नाफा बढाएका छन्।

एनआईसी एसिया बैंकको सबैभन्दा बढीले घटेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यो बैंकको नाफामा ७१.८३ प्रतिशतले घटेको छ।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंकको नाफा ५४.१९ प्रतिशतले घट्दा हिमालयन बैंकको ३९.०१ प्रतिशत, सिटिजन्स बैंकको २४.६९ प्रतिशत र सानिमा बैंकको १६.२७ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS