IME Life New

वस्तु आयातमा डलर सटहीको सीमा बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले वस्तु आयात गर्दा चाहिने अमेरिकी डलरको सटहीको सीमा बढाएको छ।

राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत डलर सटहीको सीमा बढाएको हो।

Esewa
Crest

अब ड्राफ्ट÷टीटीका माध्यबाट वस्तु आयात गर्दा उपलब्ध हुने डलर सटही सुविधा बढाउँदै ५० हजार डलर पुर्याइएको हो। हाल यस्तो सटही सुविधा ३५ हजार डलरमात्रै रहेको छ।

यसैगरी डकुमेन्ट अगेन्स्ट पेमेन्ट र डकुमेन्ट अगेन्स्ट एक्सेप्टेन्सका माध्यमबाट आयात गर्न सकिने विद्यमान सीमा अमेरिकी डलर ६० हजारबाट वृद्धि गरी अमेरिकी डलर १ लाख कायम गरिएको छ।

नेपालमा खोलिएका परिवर्त्य विदेशी मुद्राको खाताबाट खर्च गर्न सकिने सीमालाई वृद्धि गरिने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ।

त्यस्तै विप्रेषण आप्रवाह, भ्रमण, व्यापारलगायतका क्रियाकलापलाई थप सहज हुने गरी सटही गर्न सकिने विदेशी मुद्राहरुको विद्यमान सूची पुनरावलोकन गरिने व्यवस्था गरिएको छ।

राहदानीबापत उपलब्ध हुने विदेशी मुद्रा सटही सुविधासम्बन्धी विद्यमान व्यवस्थामा सहजीकरण गरिने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS