IME Life New

वर्षदिनमा झण्डै २१ लाख बीमा पोलिसी बिक्री, कसले कति बिक्री गरे ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । १८ वटा निर्जिवन बीमा कम्पनीहरुले असार मसान्तसम्ममा २० लाख ९१ हजार ९ सय ३१ जना बीमालेख बिक्री गरी झण्डै नौ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका २० वटा निर्जिवन बीमा कम्पनीहरुमध्ये ओरियन्टल र नेशनल इन्स्योरन्सले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

चौथौ त्रैमासको अन्त्यसम्ममा सबैभन्दा धेरै बीमा पोलिसी जारी गर्ने कम्पनी शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा दुई लाख ५९ हजार पोलिसी जारी गरेको छ ।
दोस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले चौथौ त्रैमासको अवधीमा दुई लाख ४४ हजार वटा बीमा पोलिसी जारी गरेको छ । तेस्रोमा एनएलजी इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले चौथौ त्रैमासको अवधिमा १ लाख ६९ हजार वटा बीमा पोलिसी जारी गर्न सफल भएको छ ।

Esewa
Crest

नेपाल इन्स्योरेन्सले १ लाख ४७, सगरमाथा इन्स्योरेन्सले १ लाख ४४ हजार, प्रिमियर इन्स्योरेन्सले १ लाख ४२ हजार, सिद्धार्थ इन्स्योरेन्सले १ लाख ३२ हजार, लुम्बिनी जनरल इन्स्योरेन्सले १ लाख ३१ हजार, प्रुडेन्सियल इन्स्योरेन्सले १ लाख १६ हजार वटा बीमा पोलिसीहरु जारी गरेका छन् ।

त्यस्तै, आइएमई जनरल इन्स्योरेन्सले ९८ हजार, अजोड इन्स्योेरेन्सले ९१ हजार, युनाईटेड इन्स्योरेन्सले ९० हजार, एभरेष्ट इन्स्योरेन्सले ७९ हजार, प्रभु इन्स्योरेन्सले ६६ हजार, हिमालयन जनरल इन्स्योरेन्सले ५९ हजार, जनरल इन्स्योरेनसले ५७ हजार, सानिमा जनरलले ४२ हजार र राष्ट्रिय बीमा कम्पनीले १५ हजार वटा बीमापोलिसी जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS