IME Life New

लिबर्टी माइक्रो लाइफको विधिवत रुपमा व्यवसाय सुरु, बीमाप्रतिको विश्वास बढाउन अध्यक्ष सिलवालको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको लघु जीवन बीमा व्यवसाय आज शुक्रबारबाट विधिवत रुपमा सुरु भएको छ।नेपालको पर्यटकीय नगरी पोखरामा नेपाल बीमा प्राधीकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले लिबर्टी माइक्रो लाइफको विधिवत रुपमा शुभारम्भ गरेका हुन्। यो कम्पनी २०७९ पुस १७ गते कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भई बीमा प्राधिकरणबाट २०८० भदौ १ गतेको दिन लघु जीवन बीमा व्यवसायको इजाजतपत्र पाएको थियो। गत असोज १९ गते कम्पनीले व्यवसाय सञ्चालनको स्वीकृति प्राप्त गरेको थियो।

Esewa
Crest

कार्यक्रममा अध्यक्ष सिलवालले लघु जीवन बीमाको विस्तार गर्न, सबै वर्ग विशेषतः विपन्न तथा गरिब वर्गका व्यक्तिलाई जीवन बीमाको दायरामा ल्याउन लघु जीवन बीमा कम्पनीको स्वीकृति दिइएको बताए। उनले कम्पनीले आमजनमानसमा कम्पनी दुर्गम जिल्ला तथा विपन्न वर्गमा पुगी आफ्नो जीवन बीमाको सेवा पुर्याई कुनै जीवन बीमा दाबी पर्दा तत्कालै बीमा दावी दिई बीमाको विश्वास बढाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा बीमा प्राधीकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले मोबाइल एप्लिकेसनको प्रयोग गरी कम्पनीको डिजिटल बीमालेख जारी गरी लघु जीवन बीमाको विकासमा लघु जीवन बीमा कम्पनीहरुले राम्रो भूमिका खेल्नुपर्ने तथा घुम्ती बीमा माध्यमको प्रयोग गरी सबै वर्गमाझ बीमाको सेवासुविधा पुर्याउनुपर्नेमा जोड दिए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामकुमार यादवले आफ्नो स्वागत मन्तव्य दिँदै कम्पनीको अधिकृत पुँजी रु. १ अर्ब, कम्पनीका प्रोमोटरहरुबाट रु. ५२.५० करोड तथा कम्पनीले भविष्यमा निष्कासन गर्ने आइपीओमार्फत रु. २२.५० करोड गरी जम्मा रु.७५ करोड जारी पुँजी रहेको जानकारी दिए। हाल कम्पनीले २ वटा बीमा योजना समृद्ध कवच म्यादी जीवन बीमा योजना तथा समृद्ध भविष्य सावधिक जीवन बीमा योजना ल्याएको जानकारी दिए।

यसका साथै कम्पनीले आफ्नो बीमाको पहुँच बढाउन नयाँ अभिकर्ता उत्पादन तथा देशको विभिन्न ठाउँमा आफ्नो प्रादेशिक कार्यालय, शाखा कार्यालय तथा उप–शाखा कार्यालय खोली लघु जीवन बीमाको सेवा दिने कुरा अवगत गराए। साथै, गण्डकी प्रदेशमा लघु जीवन बीमाको विकासमा तीव्रता ल्याउन यस प्रदेश अन्र्तगत रहेको महानगरपालिका, नगरपालिका, गाउँपालिका तथा वडाहरुसँग आवश्यक समन्वय गरी अगाडि बढ्नेमा जोड दिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS