IME Life New

लाभांश पारित सहित नेपाल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, आफ्नै भवनमा कार्यालय संचालन गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ७४ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले यस अगाडी सञ्चालक समितिबाट घोषणा भएको ८ प्रतिशत बोनस शेयर पारित गरेको छ । कम्पनीले चुक्ता पूँजी एक अर्ब ३७ करोडको ८ प्रतिशतका लागि ११ करोड तीन लाख रुपैयाँ बराबरको बोनश शेयरको विशेष प्रस्ताव पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहित वासलात नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु उपर समेत छलफल गरि पारित गरेको छ ।

Esewa
Crest

त्यस्तै चालु आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले मर्जरको लागि आवश्यक गर्ने सम्पुर्ण प्रक्रिया अगाडी बढाउन सञ्चालकलाई अख्तियारी दिएको छ ।

साथै बोनश शेयर जारी गर्दा हुन आउने दशमलव पछीको अंक शेयरलाई नपुग रकम सम्बन्धित शेयरधनीबाट प्राप्त गरी एकमा परिणत गर्ने र सो गर्दा शेयर स्वामित्व संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत कायम राख्ने प्रस्तावलाई पनि सर्बसम्मतीले पारित गरेको छ ।

कम्पनीको स्वामित्वमा रहेको काठमाण्डौं महानगरपालिका वडा नं २८ कमलादी स्थित साविक प्रधान कार्यालय रहेको स्थानमा नयाँ भवन बनाउन लागेको तथा कम्पनीको काठमाण्डौं महानगरपालिका न्यूरोड र पर्सा स्थित बिरगन्जमा आफ्नै भवनमा कार्यालय संचालनमा रहेकोमा, बिराटनगर तथा नारायणगढमा रहेका जग्गाहरुमा समेत आफ्नै भवन बनाउने कम्पनीको योजना रहेको छ ।

नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम यहि २०७९ साल चैत्र मसान्त भित्र कम्पनीको चुक्ता पूँजी २.५ अर्व पु¥याउने सम्बन्धमा आबश्यक प्रक्रियाहरु अगाडी बढाई उपयुक्त बीमा कम्पनीसंग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने कार्यलाई निरन्तरता दिईएको कुरा कम्पनीले जनाएको छ ।

नेपाल सरकारको स्वामित्वमा वि.स. १९९४ सालमा स्थापित नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेडको सहभागितामा स्थापित यस कम्पनीले बिगत ७६ वर्ष देखि निरन्तर रुपमा नेपाली बीमा बजारमा आफ्नो छुट्टै सुनौलो पहिचान, शाख र प्रतिष्ठा कायम राख्दै विश्वासीलो र भरपर्दो कम्पनीको रुपमा बीमाका नविनतम सेवाहरु सहित प्रधान कार्यालय सहित देशका विभिन्न क्षेत्रहरुमा ६० वटा शाखा/उपशाखा कार्यालयहरुबाट बीमितहरुको सेवा र सन्तुष्टिलाई ध्यान दिई बीमा व्यावसाय प्रवद्र्धन गर्ने कार्यलाई निरन्तरता प्रदान गर्नुका साथै आगामी दिनमा आबश्यकता अनुसार थप शाखा संजाललाई बिस्तार गरि देशको ग्रामिण क्षेत्र सम्म बीमा सेवाको पहुँच पु¥याउने अठोटका साथ नियमनकारी निकायहरुको निर्देशन तथा बीमकको संस्थागत सुशासनहरुको पालन गरि लक्ष्य अनुसार नै अगाडी बढि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

92%
happy

खुसी

0%
sad

दु :खी

8%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS