IME Life New

लाभांश पारित गर्न गुराँस लघुवित्तको वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा असोज २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा धनकुटाको धनकुटा नगरपालिका–१ स्थित होटल कान्जिरोवामा बिहान ९ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश छन्।

सभाले बोनस शेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्जरमा जाने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। यसका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभाले स्वीकृत गर्नेछ।

सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्ष २०८१।८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पनि अनुमोदन गर्नेछ।

लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले असोज १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १६ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS