IME Life New

लाभांश घोषणा गर्ने दोस्रो वाणिज्य बैंक बन्यो सिटिजन्स, लगानीकर्तालाई कति दिने भयो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गर्ने दोस्रो वाणिज्य बैंक बनेको छ।

बैंक सञ्चालक समितिको आज दिउँसो ३ बजे बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा ४ प्रतिशतले हुन आउने ५६ करोड ८० लाख ३८ हजार ९६०.२३ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुन आउने २ करोड ९८ लाख ९६ हजार ७८७.३८ रुपैयाँबराबरको नगद लाभांश छन्।

Esewa
Crest

गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार सिटिजन्स बैंकको लाभांश क्षमता ४.३४ प्रतिशत थियो। बैंकले सोही हाराहारीमा लाभांश वितरण गर्ने निर्णय गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गर्ने बैंक सञ्चालक समितिले निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS