IME Life New

लापरवाही गरेको भन्दै डिजिटल वालेट कम्पनीलाई पौने नौ करोड रुपैयाँ जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतकाे केन्द्रीय बै‌ंक भारतीय रिजर्व बैंक (आरबीआई) ग्राहक पहिचान सम्बन्धी प्रावधानकाे पालना नगरेकाे आराेप सहित डिजिटल भुक्तानी सेवा प्रदायक पेटिएमविरुद्ध भारु ५ कराेड ३९ लाख रुपैयाँ( ८ कराेड ६२ लाख रूपैयाँ) जरिवाना गरेकाे छ।

पेटीएम सञ्चालक कम्पनी पेटिएम पेमेन्ट्स बैंक लिमिटेडविरूद्ध यति ठूलाे धनराशीकाे कारवाही गरिएकाे हाे । केन्द्रीय बैंकले भुक्तानी बैंकको इजाजत प्राप्त कम्पनीकाे लागी जारी साइबर सुरक्षा स‌ंरचना, एकीकृत भुक्तानी प्रणाली लगायत अन्य निर्देशनहरुकाे पनि उल‌ंघन भएकाे आराेप लगाएकाे छ।

Esewa
Crest

केन्द्रीय बैंकले अनुसन्धानका क्रममा डिजिटल वालेटबाट रकम लेनदेनका क्रममा वास्तविक लाभग्राहीकाे पहिचान यकीन नै नगरी काराेबारकाे इजाजत दिइएकाे फेला परेपछि कारवाही गरेकाे हाे । यसबाहेक भुक्तानी काराेबारकाे नियमित अनुगमनमा चुकेकाे र भुक्तानी सेवाहरू प्राप्त गर्ने संस्थाको जोखिमकाे वर्गिकरणका आधारमा निरन्तर निगरानी समेत नराखेकाे आरबीआईले सार्वजनिक गरेकाे छ।

आरबीआईले गत वर्ष समेत पेटीएम पेमेन्ट्स बैंकलाई नयाँ ग्राहकमाझ सेवा बिस्तार गर्न राेक लगाएकाे थियाे । पेटिएम डिजिटल वालेट भारतकाे सबैभन्दा ठूलाे विद्युतीय भुक्तानी सञ्जाल भएकाे कम्पनी हाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS