IME Life New

लम्पी स्किन राेगले किसानकाे गाेंठ साेत्तर, चार महिनामै रू. ३३ अर्बभन्दा बढीकाे नाेक्सानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । चाैपाया गाई भै‌ंसीमा देखा परेकाे लम्पी स्किन राेगका कारण देशभरका किसानले ३३ अर्ब भन्दा बढीकाे नाेक्सानी व्यहाेर्नु परेकाे छ। पशु सेवा विभागका अनुसार चार महिना यता देखा परेकाे लम्पी स्किन राेग महामारीका रूपमा फैलिएपछि देशभर ३३ अर्ब ५१ कराेड रूपैयाँ भन्दा बढी मूल्यकाे चाैपाया मरेका छन् ।

विभागका अनुसार गत चैतमा पहिलाे पटक कोशी प्रदेशमा याे राेग देखा परेकाे हाे । देशभर फैलिएको याे रोगकाे महामारीबाट २५ हजार ४ सय ८ पशु मरेका छन् । ६ लाख ८२ हजार ८० पशुमा याे रोग फैलिएको छ । स‌ंक्रमितमध्ये २ लाख ४७ हजार ४ सय ९७ पशुमा याे राेगकाे सकृय संक्रमण रहेको पशु सेवा विभागले जनाएको छ । याे राेगबाट स‌ंक्रमित गाईभै‌ंसीकाे दूध उत्पादन समेत ह्वात्तै घटेकाे छ।

Esewa
Crest

राेकथामका लागी पशु सेवा विभागले समयमै चासाे नदेखाउँदा याे राेग देशभरका गाई गाे‌ठमा महामारीका रुपमा फैलिएकाे छ।

अधिका‌ंश किसानले पशु बीमा नगरेकाले याे राेगका कारण आर्थिक विपन्नता निम्त्याउने चिन्ता समेत दूध उत्पादक किसान महास‌ंघकाे छ।

पशु सेवा विभागले राेग नियन्त्रणका लागी खाेप भित्र्याउन इजाजत दिने काम भइरहेकाे जानकारी गराएकाे छ । विभागका अनुसार लम्पी स्किन रोग नियन्त्रणका लागि १० लाख ३७ हजार डोज खोप आयात भएको छ । आयातित खोपमध्ये १ लाख ८० हजार ९ सय २२ पशुमा खोप लगाई सकिएकाे दाबी विभागले गरेकाे छ।

लम्पी स्किन के हाे ?

गाईभैँसीमा लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्छ। एकै ठाउँमा राखिएका गाईभै‌ंसीकाे संसर्ग, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र गाईभैँसीमा एउटै सुईको प्रयोगबाट यो रोगकाे संक्रमण सर्छ। यसबाहेक वर्षाकाे माैसममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्दा यसको प्रकोप अझ बढी देखिन्छ।

याे राेगबाट सङ्क्रमित गाईभैँसीको दूध उत्पादनमा तीव्र गिरावट आउने र उच्च ज्वरो, तौल घट्ने लक्षण देखा पर्छ । ज्वराे नियन्त्रण हुन नसकेकाे अवस्थामा गाईभै‌ंसीकाे ज्यान पनि जान सक्छ।

यो रोग लागेका गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्राे र गोलाे गाेलाे गाँठाे हुन्छन्। थुतुनो, मुख र नाकमा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS