IME Life New

लघु बीमा निर्देशिका पारित, जीवनले ५ लाख र निर्जीवनले ५० लाख रुपैयाँसम्मको बीमा गर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघु बीमा निर्देशिका पारित गरेको छ । प्राधिकरणको हिजो बसेको सञ्चालक समितिको बैठकले निर्देशिका पारित गरेको हो । निर्देशिकामा लघु जीवन बीमा कम्पनीले ५ लाख रुपैयाँ बीमाङ्क सम्मको व्यवसाय गर्न पाउने भएका छन् ।

त्यस्तै निर्जीवन बीमा कम्पनीहरुले ५० लाख रुपैयाँ बीमाङ्कसम्मको व्यवसाय गर्न पाउने भएका छन् । लघु निर्जीवन बीमा कम्पनीहरुले घरेलु उद्योग तथा कृषि क्षेत्रमा प्रयोग हुने सवारी साधनको बीमा गर्न पाउने छन् । मोटर साइकल र सवारी साधनको समेत बीमा गर्न पाउने छन् ।

Esewa
Crest

कृषि तर्फ ट्याक्टरको बीमा हुनेछ । घरेलु मिल तथा मेसिनको बीमा गर्न पाइने छ । जसमा ५० लाख रुपैयाँसम्मको सम्पत्ती बीमा गर्न सकिने निर्देशिकामा उल्लेख छ । हिजो मात्रै निर्देशिका पारित भएका कारण निर्देशिकाको पुर्ण विवरण भने केहि दिनमा मात्रै सार्वजनिक गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले हिजै दिपक भट्ट समुहले लगानी गरेका दुई माइक्रोइन्स्योरेन्स कम्पनी गार्डियन माइक्रोइन्स्योरेन्स कम्पनी र नेपाल माइक्रोइन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको थियो । लाइसेन्स दिने निर्णय सँगै नेपाल बीमा प्राधिकरणले निर्देशिका पनि पारित गरेको हो । लघु बीमा कम्पनीहरुहरुको व्यवसायको सिलिङका विषयमा विवाद आउन सक्ने भन्दै ढिला गरेर निर्देशिका पारित गरेको हो ।

यस भन्दा अगाडी लघु बीमा निर्देशिका २०७६ कार्यान्वयनमा थियो । यस निर्देशिका अनुसार सम्पत्ती लघु बीमा, घर लघुबीमा, दुर्घटना लघुबीमा, स्वास्थ्य लघु बीमा, घातक रोग लघुबीमा, कृषि लघुबीमा र बीमा प्राधिकरणले तोकेदिए बमोजिमको अन्य लघु बीमा गर्न पाउने भन्ने व्यवस्था रहेको थियो । यो निर्देशिका सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुका लागि लक्षित थियो । पुरानो निर्देशिका अनुसार लघु जीवन बीमा र लघु निर्जीवन बीमालेखले एक वर्ष अवधिको जोखिम बहन गर्न सक्ने व्यवस्था थियो । अव लघु जीवन बीमा कम्पनीहरुले ५ लाख रुपैयाँसम्मको सावधिक जीवन बीमा पोलिसी पनि बिक्री गर्न पाउने छन् ।

यहि निर्देशिका बमोजिम जीवन बीमा कम्पनीहरुले माइक्रोइन्स्योरेन्स तथा विभिन्न समुहका सदश्यहरुको लघु बीमा गर्दै आएका थिए भने निर्जीवन बीमा कम्पनीहरुले नेपाल सरकारबाट अनुदान प्राप्त हुने कृषि तथा पशुपन्छी बीमा गराउदै आएका थिए । यसैका लागि कम्पनी नै खडा गरिएकाले अव लघु बीमा व्यवसाय अझ परिष्कृत हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS