IME Life New

लघु बीमा निर्देशन २०७९ जारी, ५० लाखसम्मको दायित्व बहन गर्ने (हेर्नुहोस् पुर्ण पाठ सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघु बीमा निर्देशन २०७९ जारी गरेको छ । लघु बीमा व्यवसायको विकास, प्रवर्द्धन तथा व्यवस्थापन गरी बीमा मार्फत न्युन आय वर्गको जीवन तथा सम्पत्तीको सुरक्षा गर्नका लागि बीमा ऐन २०७९ को दफा १६६ को अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको प्राधिकरणले जनाएको छ ।

लघु जीवन बीमा व्यवसाय अन्तर्गत बीमकले आजीवन लघु जीवन बीमा, सावधिक लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा र अन्य लघु जीवन बीमा रहेका छन् । त्यस्तै लघु निर्जीवन बीमा व्यवसाय अन्तर्गत बीमकले घर सम्पत्ती तथा व्यवसाय लघुबीमा, मोटर लघु बीमा, इन्जिनियरिङ्ग लघुबीमा, दायित्व तथा मौद्रिक क्षति लघुबीमा र अन्य लघु निर्जीवन बीमा रहेका छन् ।

Esewa
Crest

बीमा शुल्क

बीमकले बीमितबाट पूरा बीमाशुल्क प्राप्त नगरी लघुबीमालेख जारी गर्न पाइने छैन । तर नेपाल सरकार वा प्रदेश सरकार र सम्बन्धित स्थानीय तहले बीमालेखमा अनुदान उपलब्ध गराएको रहेछ भने सो बराबरको रकम घटाइ बाँकी बीमाशुल्क रकम लिई बीमा गर्न बाधा पुग्ने छैन । प्राधिकरणका अनुसार बीमालेखमा उल्लेख गरिएको बीमादर गठनाको आधारमा बीमा शुल्क गणना गर्नुपर्नेछ । बीमालेख अनुसार गणना गर्दा आउने बीमाशुल्कमा कुनै पनि अतिरिक्त रकम थप गर्न पाइने छैन । एकपल्ट बीमालेख जारी भएपश्चात बीमा अवधिभरी बीमादर बढाउन वा घटाउन पाइने छैन ।

व्यक्तिगत लघु बीमा अभिकर्ता संस्थागत लघु बीमा अभिकर्ता गरी दुई किसिमका अभिकर्ता रहनेछन् । लघु जीवन बीमा अभिकर्ताको कमिशन बीमा नियमावली अनुसार र लघु निर्जीवन बीमा अभिकर्ताले ५ प्रतिशत मात्रै कमिशन प्राप्त गर्ने छन् ।

लघु बीमाको सिमा

लघु निर्जीवन बीमा व्यवासय गर्ने बीमकले घर सम्पत्ती तथा व्यवसाय लघुबीमा अन्तर्गत अधिकतम ५० लाख रुपैयाँसम्मको दायित्व बहन गर्न पाउने छन् ।

त्यस्तै मोटर लघु बीमा अन्तर्गत ट्रेलर, ट्रयाक्टर, थ्रेसर, मोटर अन्तर्गत पर्ने कृषि उपकरण, मोटरसाइकल, ट्राइसाइकल, मोपेड, ट्याप्पु, रिक्सा, ठेलागाडा मात्रै पर्नेछ । इन्जिनियरिङ लघुबीमा अन्तर्गत बीमकले ५० लाख रुपैयाँसम्मको बीमा गर्न सक्ने छन् । दायित्व तथा मौद्रिक क्षति लघुबीमा अन्तर्गत ५ लाख र अन्य लघु बीमा अन्तर्गत पनि ५ लाख रुपैयाँसम्मको बीम गर्न पाउने छन् । तर नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारद्धारा अनुदान तथा व्याज अनुदान प्राप्त कर्जाको बीमाङ्क कर्जाको सिमासम्मको दायित्व रहनेछ । जीवन बीमा कम्पनीले ५ लाख रुपैयाँ भन्दा कम बीमाङ्क भएको जीवनको लघुबीमा गर्न सक्नेछन् ।

दाबी भुक्तानी

बीमकले आफु समक्ष परेको लघुबीमा दाबीको तत्काल छानविन गरी दाबी भुक्तानी प्रकृयाँ अगाडी बढाउनु पर्नेछ । बीमकले लघुबीमा दाबी सम्बन्धी आवश्यक कागजात प्राप्त भएको बढीमा २१ दिन भित्र दायित्व यकिन गरी भुक्तानी गर्नुपर्नेछ । सामुहिक जमानीमा संलग्न व्यक्ति कम्तिमा ५ जना हुनु पर्ने निर्देशनमा उल्लेख छ । यस भन्दा अगाडी जारी भएको लघु बीमा सम्बन्धी निर्देशिका यहि निर्देशन जारी भए सँगै खारेज भएको छ ।

लघुबीमा-निर्देशन-2079

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS