IME Life New

लघु बीमामा कर्णालीको अवस्था सबैभन्दा कमजोर, बजार हिस्सा जम्मा १ प्रतिशत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिकरुपमा विपन्न र अति विपन्न वर्गलाई लक्षित गर्दै नेपाल बीमा प्राधिकरणले लघु बीमालाई प्रवर्द्धन गरे पनि लघु बीमा अझै पनि तुलनात्मकरुपमा सुगम क्षेत्रमा मात्र सीमित रहेको छ। प्राधिकरणले लघु बीमा व्यवसाय गर्ने बीमक बाहेक अन्य बीमकलाई समेत कूल व्यवसायको न्यूनत्तम ५ प्रतिशत व्यवसाय लघु बीमाबाट गर्न निर्देशन जारी गरेपनि यसको पालना हुन सकेको छैन ।

चालू आर्थिक वर्षको पहिलो त्रैमास(असोज मसान्तसम्म) मा जीवन बीमा व्यवसायमा लघु बीमाले कुल बीमाशुल्क आम्दानीको हिसाबले जम्मा १.१९ प्रतिशत हिस्सा ओगटेको छ। प्राधिकरणका अनुसार कूल ४० अर्ब ८० करोड ४६ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएकोमा लघु बीमालेखको बिक्रीबाट ४८ करोड ६९ लाख ११ हजार रुपैयाँ मात्र स‌ंकलन भएको छ। यसैगरी बीमालेख स‌ंख्याको आधारमा तुलना गर्दा कूल जारी बीमालेखमध्ये २७.९६ प्रतिशत लघु बीमालेख रहेको छ। चालू आवको असोज मसान्तसम्ममा जीवन बीमकले बिक्री गरेको कूल १ करोड ३८ लाख ६७ हजार ५८१ वटा जीवन बीमालेख मध्ये ३८ लाख ७८ हजार ४८७ वटा लघु बीमालेख बिक्री गरेका छन् ।

Esewa
Crest

कर्णालीको योगदान १ प्रतिशतमा सीमितः

प्राधिकरणले सार्वजनिक गरेको तथ्या‌ंक अनुसार कर्णाली प्रदेशमा लघु बीमाको अवस्था सबैभन्दा कमजोर रहेको छ। तुलनात्मकरुपमा दुर्गम मानिने कर्णाली प्रदेशमा न्यून आय भएका जनस‌ंख्याको ठूलो हिस्सा भएकाले कर्णालीमा लघु बीमा केन्द्रित हुनुपर्नेमा तुलनात्मकरुपमा सुगम रहेको बागमती प्रदेशमा लघु बीमाको व्यापार उच्च रहेको छ।

लघु बीमा व्यवसायबाट देशभर स‌ंकलित कूल बीमाशुल्कमध्ये कर्णाली प्रदेशमा जम्मा १‍.६५ प्रतिशत संकलन भएको छ। अनावृष्टी, बाढी पहिरो, महामारी, भूकम्प र गरिबीको चपेटामा रहेको कर्णाली प्रदेशमा लघु बीमा व्यवसायको बिस्तार सबैभन्दा धेरै जरुरी रहेको छ। प्राधिकरणका अनुसार चालू आवको पहिलो तीन महिनामा स‌ंकलित लघु बीमाशुल्कमध्ये कर्णाली प्रदेशबाट जम्मा ८० लाख ८० हजार रूपैयाँ संकलन भएको छ। लघु बीमाबाट स‌ंकलित कूल बीमाशुल्कमध्ये ७०‍‍.४७ प्रतिशत रकम बागमती प्रदेशमै केन्द्रित रहेको छ। लघु बीमालेखको बिक्रीबाट तीन महिनाको अवधिमा जीवन बीमकले कूल ४८ करोड ६९ लाख ११ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो रकममध्ये बागमती प्रदेशबाट ३४ करोड ३१ लाख लाख ६१ हजार रुपैयाँ स‌ंकलन भएको छ। कर्णाली प्रदेशमा लघु बीमा व्यवसायको अवस्था सबैभन्दा कमजोर रहेको छ।

विपन्न वर्गसम्म बीमामा पहुँच नभएको निष्कर्ष सहित प्राधिकरणले स्थानीय स्तरमा बीमा सचेतना फैलाउन र बीमाको पहुँच बढाउनका लागी प्राधिकरणले प्रादेशिक कार्यालय समेत सबैभन्दा पहिले स्थापना गरेको थियो। यस बाहेक लघु बीमा व्यवसाय गर्ने उद्देश्यले एउटा लघु बीमा कम्पनी सञ्चालनको इजाजत समेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS