IME Life New

लघु बीमाको शिलबन्दी आवेदन खोलेर अध्ययन सुरु, तिहार अगाडी नै लाइसेन्स दिने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले लघु बीमा कम्पनीका लागि आवेदन दिएका ३१ वटा आवेदकको शिलबन्दी आवेदन खोलेको छ । समितिले सबै कम्पनीको आवेदन खोलेर विवरणहरु सूचिकरण गरिरहेको छ । कम्पनीहरुले प्रस्ताव गरेको चुक्ता पूँजी, अधिकृत पूँजी, शेयरधनीको विवरण, व्यवसायिक योजना, बीमा शुल्क लगायतका विवरण पेश गरेका छन् । समितिले यि सबै विवरणलाई केलाउने काम गरिरहेको छ ।

आवेदक ३१ वटा मध्येबाट सबैभन्दा राम्रा ७ वटालाई लाइसेन्स दिने बीमा समितिले जनाउदै आएको छ । जसमा चार वटा निर्जीवन र तीन वटा जीवन लघुबीमा कम्पनीले लाइसेन्स पाउने छन् । बीमा समितिका अध्यक्ष तिहारकै आसपासमा विदेश जादै छन् । उनि विदेश उड्नु भन्दा अगाडी लाइसेन्सको निर्णय गर्ने तयारीमा रहेको बुझिएको छ ।

Esewa
Crest

लाइसेन्स पाउने ७ वटा कम्पनीको नाम मन्त्रालयले बीमा समितिमा बुझाइसकेको हुँदा औपचारिकताका लागि सम्पुर्ण काजगपत्र अध्ययन गरेर प्रतिवेदन बनाउनु पर्ने बाध्यतामा बीमा समिति रहेको छ । सबैको व्यवसायिक योजना अध्ययन गरेर, शेयरधनीहरुको स्ट्रेन्थ हेरेर लाइसेन्स दिने भनिरहेको बीमा समितिले नेपाल सरकारको अनुमतिमा मात्रै लाइसेन्स दिने छ ।

बीमा समितिले भदौ १० गते लघु बीमा कम्पनीको लागि लाइसेन्सका लागि आवेदन आह्वान गरेको थियो । सो अवधिमा विभिन्न व्यवसायिक समुहले आवेदन दिएका छन् । कतिपय व्यवसायीहरुले अर्थमन्त्रालय सँग करोडौको डिल गरेका समाचार आएका थिए । आवेदनकै प्रकृयाँमा रहेका कतिपय कम्पनीले सूचना बाहिर चुहाए पछि समाचार नै बनेको थियो ।

अहिलेको बीमा ऐन २०४९ मा लघु बीमाको व्यवस्था छैन । तर कार्तिक २२ गतेदेखि लागु हुने बीमा ऐन २०७९ मा लघु बीमा सम्बन्धी स्पष्ट व्यवस्था रहेकाले बीमा समितिले कार्तिक २२ गतेसम्म कुर्ने कि भन्ने छलफल पनि गरिरहेको बुझिएको छ । तर मंसिर ४ गते चुनाव हुँदैछ । चुनावी परिणाम के आउला अहिले नै भन्न सकिदैन त्यसैले मंसिर पछि सरकारको समिकरण परिवर्तन हुने सम्भाव्यतालाई मध्यनजर गर्दै जनि सक्दो छिट्टो लाइसेन्स दिने कसरतमा बीमा समिति रहेको छ ।

लघु बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन दिने कम्पनीमध्ये जीवन बीमातर्फ स्वदेशी लघु जीवन बीमा, जानकी जीवन बीमा, गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स, उन्नति माइक्रो लाइफ इन्स्योरेन्स, लुम्बिनी लघु जीवन बीमा, मुक्तिनाथ माइक्रो लाइफ इन्स्योरेन्स, गरिमा माइक्रो लाइफ, सीजी लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो लाइफ, लिबर्टी माइक्रो लाइफ, श्री शक्ति लघुवित्त जीवन बीमा कम्पनी, हिम शिखर जीवन लघु बीमा, सुरक्षा लघु जीवन बीमा, स्वर्गद्वारी लघु जीवन बीमा कम्पनी रहेका छन् ।

निर्जीवन बीमा कम्पनीतर्फ नियो लाइट माइक्रो (जनरल) इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स, एभरेस्ट माइक्रो इन्स्योरेन्स, एक्सप्रेस माइक्रो इन्स्योरेन्स, ट्रस्ट माइक्रो इन्स्योरेन्स, माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स, अल्फा माइक्रो इन्स्योरेन्स, उन्नति माइक्रो जनरल, मुक्तिनाथ जनरल माइक्रो इन्स्योरेन्स, गरिमा माइक्रो इन्स्योरेन्स, सीजी इन्स्योरेन्स माइक्रो इन्स्योरेन्स, गण्डकी माइक्रो इन्स्योरेनस, स्टार माइक्रो इन्स्योरेन्स, केयर माइक्रो जनरल र अभियान लघु बीमाले आवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS