IME Life New

लघु बीमाको लाइसेन्सका विषयमा निर्वाचन आयोगले समिति सँग माग्यो स्पष्टिकरण, तीन दिन भित्र लिखित जवाफ माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्वाचन आयोगले बीमा समितिसँग लघु बीमाको लाइसेन्सका विषयमा स्पष्टिकरण माग गरेको छ । निर्वाचन आचार संहिता विपरित बीमा समितिले लघु बीमाको लाइसेन्सको प्रकृयाँ अगाडी बढाएको भन्दै विभिन्न सञ्चार माध्यममा आएको समाचारको आधारमा आयोगले समिति समक्ष तीन दिन भित्र लिखित रुपमा स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो ।

आयोगले निर्वाचन आरारसंहिता लागु भै सकेको अवस्थामा लाइसेन्स वितरण गर्ने सम्बन्धमा कुनै प्रकृयाँ अगाडी बढाएको छ/छैन ? भन्दै प्रश्न गरेको छ । त्यस्तै लाइसेन्स वितरण गर्ने सम्बन्धमा कुनै प्रकृयाँ अगाडी बढाइएको भए निर्वाचन आचारसंहिता विपरितको कार्य किन रोक्नु नपर्ने हो ? भन्ने प्रश्न जवाफ तीन दिन भित्र आयोगमा पठाउन निर्देशन दिएको छ ।

Esewa
Crest

निर्वाचन आचारसंहिता २०७९ को दफा ५ को नेपाल सरकार प्रदेश सरकार मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड ख मा सरुवा रोगको महामारी वा कुनै प्राकृतिक विपद वा काबु बाहिरको परिस्थिति सिर्जना भएमा आयोगको स्वीकृति लिइ बाहेक वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति योजना वा कार्यक्रमको घोषणा गर्न स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने व्यवस्था छ ।

आचारसंहिताको दफा ७ को नेपाल सरकार प्रदेश सरकार मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड ग मा सरुवा रोगको महामारी वा कुनै प्रकृतिक विपद वा काबु बाहिरको परिस्थिति सिर्जना भएमा आयोगको स्वीकृति लिइ बाहेक वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति योजना वा कार्यक्रमको घोषणा गर्न स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने व्यवस्था छ ।  यहि व्यवस्थालाई टेकेर आयोगले स्ष्टिकरण सोधेको हो ।

निर्वाचन आयोगले असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता २०७९ लागु गरेको थियो । निर्वाचन आचार संहिता लागु गरिसकेको अवस्थामा नेपाल सरकारले नेपाल धितोपत्र बोर्ड र बीमा समितिमार्फत लाइसेन्स वितरण गर्न लागेको भन्ने समेतका विषयमा सञ्चालन माध्यमामा समाचार आएको आयोगको भनाइ छ । जवकी बीमा समितिले भदौ १० गते र धितोपत्र बोर्डले असोज २ गते सार्वजनिक सूचना मार्फत लाइसेन्स आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS